२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

बाँकेमा निर्वाचन प्रहरी भर्ना अन्तर्गत ४ हजार ८२८ जनाले आवेदन दिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ ०५, २०८२

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा सुरु गरिएको निर्वाचन प्रहरी भर्ना अन्तर्गत चार हजार ८२८ जनाले आवेदन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार जिल्लामा दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गर्नका लागि आवेदन माग गरिएकोमा दोब्बर बढी चार हजार ८२८ जनाले आवेदन दिएका हुन् ।

जिल्लाको तीन वटा निर्वाचन क्षेत्रका ४०० मतदान केन्द्रमा अन्य सुरक्षाकर्मीसँगै खटाउनका लागि जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरी भर्ना गर्ने कार्य गरिरहेको उनले बताए ।

आवेदन दिएका चार हजार ८२८ जनामध्ये दुई हजार ४९१ जनाको छनोट गर्नका लागि माघ ५ गतेदेखि ७ गतेसम्म आवेदकहरूको शारीरिक परीक्षण र शारीरिक सहिष्णुता परीक्षा सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पातलीले बताए ।

उनका अनुसार माघ ५ गते दर्ता नम्बर १ देखि १६०० सम्मका, माघ ६ गते दर्ता नम्बर १६०१ देखि ३२०० सम्मका र माघ ७ गते ३२०० देखि माथि सबैको शारीरिक परीक्षण र शारीरिक सहिष्णुता परीक्षा हुने छ ।

दुई सिफ्टमा गरिने सो परीक्षाका लागि सार्वजनिक सूचनासमेत जारी गरिसकिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति बाँकेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका लागि एकीकृत सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेर दरखास्त लिने कार्य सम्पन्न गरिसकेको छ ।

समितिले निर्वाचन प्रहरी पदका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकबाट दरखास्त लिएको छ । बाँकेमा यस पटक तीन लाख ५० हजार ३७१ जना मतदाता सङ्ख्या पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीले जानकारी दिए ।

बाँकेमा १३९ मतदान स्थल र ४०० मतदान केन्द्र रहेको पनि जिल्ला निर्वाचन कार्यालयका प्रमुख शाहीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]