२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

दाङ एयरपोर्ट विस्तार नियमित बिस्तार हुन्छ पर्यटन मन्त्री : भट्टराई

Logo
प्रकाशित शुक्रबार, माघ १०, २०७६

सागर थापा
दाङ माघ १० संस्कृति पर्यटन तथा नागरिक उड्य मन्त्री योगेश भट्टराईले दाङको एयरपोर्ट विस्तार हुने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रवादेखि आयोजना गरेको व्यापारी महोत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापनाको प्रक्रिया समेत अगाडि बढी सकेको जानकारी दिए ।
एयरपोर्टको धावन मार्ग विस्तार वारे मन्त्री भट्टराईको ध्यानाकर्षण गराउन महोत्सव स्थलमै साढे १२ मिटर लामो कपडामा संकलित हस्ताक्षर र यसअघि विभिन्न चरणमा विभिन्न दलका नेता तथा मन्त्रीहरुलाई बुझाइएका ज्ञापन पत्रहरुपनि बुझाइएको थियो । साथमा हालसम्म एयरपोर्टको विस्तार र इन्धनडिपो स्थापनाको लागि उद्योग वाणिज्य संघले बर्षौंदेखि सरकार प्रमुख र उच्च नेतृत्वालई गर्दैै आएका भेटघाट तथा प्रयासहरुको बारेमा तस्विरसहतिको १०० फिट लामो व्यानर समेत मन्त्रीलाई महोत्वसमा प्रर्दशन गरिएको थियो ।
टरिगाउँ एयरपोर्टको निरक्षणमा पुगेका पर्यटन मन्त्री भट्टराईलाई तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उक्त यरपोर्ट भौगौलिक र वातावरणिय हिसावले नेपालकै उत्कृष्ट एयरपोर्ट भएपनि राज्यले ठग्दै आएको हुँदा तत्काल विस्तार गर्न आवश्यक रहेको बताएका थिए । उनले टरिगाउँ एयरपोर्टलाई पाईलट प्रशिक्षण गर्ने एयरपोर्टको रुपमा विकाश गर्न सकिने बताए ।
२०११ सालमा स्थापना भएको दाङको एक मात्रै टरिगाउँ एयरपोर्टको धावन मार्ग जम्मा ७ सय ५० मिटरमा मात्रै कालोपत्रे छ । हाल दैनिक दुई वटा उडान हुँदै आएको टरिगाउँ एयरपोर्टमा १८ सिटे साना टुईन अटर विमान मात्रै चल्दै आएका छन् । त्यो भन्दा ठूला विमान आउन सक्दैनन् ।
इन्धन डिपो समेत नभएको हुँदा इन्धनपनि बोकेर ल्याउनु पर्ने बाध्यताले जम्मा १४÷१५ वटा यात्रु मात्रै एक पटकमा यात्रा गर्न पाउँछन् । इन्धन राखेको सिटको पैंशापनि यात्रुवाटै असुल्दै आइएको छ । त्यसले गर्दा दाङ काठमान्डौंको भाडा झन्डै ७ हजार रुपैंया पर्ने गरेको छ । जो नेपालगञ्ज भन्दा निकै महंगो हो ।
महोत्सव सुरु हुनुभन्ना पहिला निकालिएको शोभा यात्रामा सहभागि विद्यार्थीहरुले पनि टरिगाउँ एयरपोर्टको विस्तार र इन्धन डिपोको स्थापनाको माग गर्दै नारावाजी गरेका थिए । उनीहरुले हामी कहिले ठूला विमानमा चढ्न पाउँछौं, एयरपोर्टको धावन मार्ग विस्तार गर्नु पर्छ भन्ने खालका नारा लेखेका प्लेकार्ड बोकेको थिए ।
सार्वजनिक रुपमा यसरी एरपोर्ट विस्तारको माग गर्दै सडकमा नारावाजी र प्लेकार्ड प्रर्दशन भएको दाङमा यो नै पहिलो पटक हो ।
तुलसीपुर उद्योग वाणिज्य संघले दोघरेमा निर्माण गरेको बहुउदेश्य सभाहलको भुक्तानी हुन बाँकी रकमको जोहो गर्न महोत्सव लगाइएको हो । तर संघका पूर्व अध्यक्ष विमल रिजालले आवश्यक परे महोत्सव वाट संकलिन सम्पूर्ण रकम विमानको धावन मार्ग विस्तारमा लागाउन सकिने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई तुलसीपुरका मेयर घनश्याम पाण्डे लगाएले सम्वोधन गरेका थिए । महोत्सव २० गते सम्म चल्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]