३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

पुर्वमन्त्री राईले नेपालगन्जको क्रिकेट खेल उद्घाटन गरे पछी सबै वडा अध्यक्षहरुद्वारा बहिष्कार

Logo
प्रकाशित शनिबार, माघ ११, २०७६

(एबिसी संचार ब्युरो)
बाँके माघ ११ नेपालगन्जमा १० गतेदेखि अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटनमा पुर्वमन्त्री एबम प्रतिनिधि सभा सदस्य मो. स्तियाक राईले गरेका छन् ।
जब पुर्व मन्त्री उद्घाटन गर्नका लागी स्टेजमा पुगे त्यसपश्चात् नेपालगन्ज उपमहानगरपालिकाका सबै वडा अध्यक्षहरु एमपी स्कुलको मैदानबाट बाहिरीए। उनीहरुले आजदेखि सुरु भएको अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रम बहिष्कार गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका र वडा कार्यालयहरुको सहयोग रहेको प्रतियोगितामा वडा अध्यक्षहरुसग समन्वय र सहकार्य नगरेको भन्दै प्रतिनिधि सभा सांसद मो. स्तियाक राईले उद्घाटन गरेको कार्यक्रमको उनीहरुले बहिष्कार गरेका हुन् ।
मेयर- उपमेयर र वडा अध्यक्षहरुसग प्रतियोगिता बारेमा कुनै राय-सल्लाह नलिई आफ्नै मनमानी तरिकाले प्रतियोगिता उद्घाटन गरेकाले सबै वडा अध्यक्षहरुले उद्घाटन कार्यक्रम बहिष्कार गर्नुपरेको वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाहले बताए। तर, उद्घाटन पछिका सबै खेल र कार्यक्रमहरुलाई सहयोग गर्ने शाहले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]