२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पुर्वमन्त्री राईले नेपालगन्जको क्रिकेट खेल उद्घाटन गरे पछी सबै वडा अध्यक्षहरुद्वारा बहिष्कार

Logo
प्रकाशित शनिबार, माघ ११, २०७६

(एबिसी संचार ब्युरो)
बाँके माघ ११ नेपालगन्जमा १० गतेदेखि अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटनमा पुर्वमन्त्री एबम प्रतिनिधि सभा सदस्य मो. स्तियाक राईले गरेका छन् ।
जब पुर्व मन्त्री उद्घाटन गर्नका लागी स्टेजमा पुगे त्यसपश्चात् नेपालगन्ज उपमहानगरपालिकाका सबै वडा अध्यक्षहरु एमपी स्कुलको मैदानबाट बाहिरीए। उनीहरुले आजदेखि सुरु भएको अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रम बहिष्कार गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका र वडा कार्यालयहरुको सहयोग रहेको प्रतियोगितामा वडा अध्यक्षहरुसग समन्वय र सहकार्य नगरेको भन्दै प्रतिनिधि सभा सांसद मो. स्तियाक राईले उद्घाटन गरेको कार्यक्रमको उनीहरुले बहिष्कार गरेका हुन् ।
मेयर- उपमेयर र वडा अध्यक्षहरुसग प्रतियोगिता बारेमा कुनै राय-सल्लाह नलिई आफ्नै मनमानी तरिकाले प्रतियोगिता उद्घाटन गरेकाले सबै वडा अध्यक्षहरुले उद्घाटन कार्यक्रम बहिष्कार गर्नुपरेको वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाहले बताए। तर, उद्घाटन पछिका सबै खेल र कार्यक्रमहरुलाई सहयोग गर्ने शाहले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!