३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

मिडिया बिधेयक विरुद्ध पत्रकारहरु सडकमा जान्छौं केन्द्रिय कार्वाही अध्यक्ष:पोख्रेल

Logo
प्रकाशित शनिबार, माघ ११, २०७६

(सिमा गुरुङ)
बुटवलमा शुक्रबार नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विपुल पोखरेलले सरोकारवालाहरुसँग छलफल नै नगरी सरकारले मिडिया विधेयक ल्याएर निरङ्कुशतातर्फ जान खोजेको आरोप लगाएका छन् । ‘मिडिया र आम नागरिकलाई नै कुण्ठित पार्ने गरि ल्याईएको सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयकले सरकार निरङ्कुशतातर्फ जान खोजेको संका उत्पन्न भएको छ ।’ – पोखरेलले भने, यसका विरुद्ध हामी सडकमा जान पनि तयार छौ ।
रिपोटर्स क्लब प्रदेश ५ ले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पोखरेलले भने ‘हामीलाई सडकमा जानका लागि बाध्य पारिदैं छ । त्यसका लागि अहिले हामी पूर्व-तयारीमा छौं ।’साक्षात्कारमा बोल्दै नेपाल बार एसोसिएशन उच्च अदालत तुल्सिपुर बुटवलका अध्यक्ष जोकबहादुर खत्रीले सरकारले ल्याएको मिडिया विधेयकलाई खारेज गर्न माग गरे । सरकार आफ्नो दम्भमा निरङ्कुशतातर्फ अग्रसर भएको औल्याउदै उनले प्रतिपक्ष दलको भूमिकामा समेत प्रश्न उठाए ।’विरोध गर्नुपर्ने कुराहरुलाई प्रतिपक्ष दलले एक पटक विरोध सभा गरेर मात्रै भूमिका पूरा हुँदैन ।’ – उनले भने, जनमत तयार पार्नका लागि भएपनि जनहित विरुद्ध सरकारका क्रियाकलापहरुमा लगातार आवाज उठाउन सक्नु पर्छ ।
कार्यक्रममा बोल्दै राष्ट्रय समाचार संस्थाका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले पार्टिगत संगतले पत्रकारीता भुत्ते भएको टिप्पणी गरे । निश्पक्ष पत्रकारीतालाई जोड दिँदै उनले सरकारले ल्याएको मिडिया विधेयकले लेखेकै भरमा बोलेकै भरमा जेल जानु पर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]