०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

तुल्सीपुर महोत्सवमा जनसागर राजेश हमाल र टीका जैसीको जोरदार प्रस्तुती

Logo
प्रकाशित शनिबार, माघ ११, २०७६

(शरद रेग्मी) दाङ माघ ११ तुलसीपुरमा विजुली चम्क्यो, के रैछ भन्या महोत्सव लागेर । यहिं जन्मिएर राष्ट्रिय ख्याती कमाएका कृष्ण रेउलेको भाखाको गित थियो, सव्द भने उनको होइन । त्यसैमा नेपाली सिनेक्षेत्रका महानायक राजेश हमालको प्रस्तुतीले तुलसीपुरलाइ साझ सम्मै व्युझाएको थियो ।
‘रातो टिका निधारमा टलक्क टल्कियो, उनको यो गायनले युवादेखि बालवालिका र बृद्धबृद्धाहरुलाइ पनि आकर्शित गरेको थियो । मेला महोत्सव आफैमा रमाइकालागी हो, त्यसैले आयोजक तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सवलाइ भव्य र सभ्य बनाउन सुरक्षा प्रवन्ध देखि सहज यातायात र कलाकर्मिहरुलाइ पालैपालो व्यवस्थापन गरेको छ ।
राजेशहमाल एउटा पात्र मात्रै हुन, धेरै कलाकारहरु तुलसीपुरको महोत्सवमा आउने छन् । यहिंकै चेलि श्रीजु अधिकारी, कमल गाउंले कृष्ण रेउले लगायत भुरपुर कलाकारहरु छन् । महोत्सवलाइ भव्य र सभ्य बनाउन कलाकर्मिहरु पनि लागीरहेका छन् । दाङको तुलसीपुरमा आयोजना भएको महोत्सवमा स्यांजाबाट उमादेवी खनाल पनि आइपुगेकि छिन् ।
उनको कलाकारीतालाइ दाङले भव्य स्वागत गरेको पनि छ । उनको एंकरीङले पनि महोत्सवको दोस्रो दिन भव्य बनाएको छ । उमालाइ दाङले यहिं बसाउन खोजेको थियो, तर मेला महोत्सउव सकिएसंगै उनी आफ्नै गृहजिल्ला जाने छिन् । कमल गाउलेले हसाउनुसम्म हसाए, दिपक कुमालले पनि सहाजीकरण गरे, स्वयमसेवकहरु त्यत्तिकै रु्रपमा सक्रिय भएका थिए ।
महोत्सवले आम दाङबासीलाइ तानेको छ । कृषिका स्टलहरुदेखि व्यवसायमि स्टल कुनैपनि खालि थिएनन् । किनकि दाङ जिल्ला आफैमा पनि स्वाभिमान जिल्ला हो ।
भरीभराउ स्टल, भरीभराउं दर्शकले तुलसीपुर महोत्सवको सफलता बोलिसकेको छ । तरकारीको मालाको प्रंशंसा योग्य हो । च्याउका स्टल, वयरबोकाका स्टल, निशुल्क स्वास्थ्य शिविर र पुरन्धाराको छहरा सम्मको साइकिल यात्राले पनि महोत्सवलाइ नेपाल भ्रमण बर्षसंग जोडेको छ ।
‘मर्निङ सो द डेज, हामीलाइ महोत्सव सफल हुने देखिइसकेको छ,महाोत्सव मुल आयोजक समितिका संयोजक विर वहादृुर रावतले भन्नुभयो । तुलसीपुर महोत्सव नेपाल भ्रमण बर्षसंग जोडिएको छ । यसकालागी पर्यटन प्रवद्र्धनलाइनै महोत्सवले मुख्य ध्यान केन्द्रित गरेको छ । संगै मनोरन्जनलाइ पनि प्रार्थमिकतामा राखिएको छ । सनीवारैदेखि विंगो हाउजिङ पनि सुरु भएको छ ।
यस्तै महोत्सवमा कालो कपाल, जिन्स पायन्ट र सर्टमा उपस्थीत भएका नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले आफु बुढो नभएको अभिव्यक्ति दिए । ठट्टाकै शैलिमा हमालले आफु कलाकारीता क्षेत्रमा बुढो नहुन अभिव्यक्ति दिए ।
‘सुर्य पश्चिमबाट उदाएको दिन मात्र म बुढो हुने छु भन्ने लाग्छ,’चलचित्र पत्रकार संघ दाङको आतिथ्यमा भएको पत्रकार सम्मेलनमा महानायक हमालले भने । साथै उनले कलाकारीतालाइ जिवन्त राख्ने सवालमा आफु सधै लागीरहने पनि अभिव्यक्ति दिए ।
‘कलाकारीता जिवन्त हो, अमृत पनि हो’, त्यसैले मैले पनि कहिल्यै विश्राम नलिने अभिव्यक्ति दिए । नेपाल चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संघका शरद रेग्मीले गरेका थिए भने कार्यक्रमको सहजीकरण उपाध्यक्ष सन्तोस केसीले गरेका थिए ।
यस्तै आईतबार महाेत्सवमा पुस्कल शर्मा, टिका सानु, रिता केसी, रेश्मी तामाङ कमल गाउंले, कमल रेउले, देवेन्द्र बस्नेत, शिव पुन लगायतका कलाकारहरुले महोत्सव तताउने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । न्यूयोर्क संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । विशेषगरी महिला र बालबालिकाहरू तीव्र भोकमरीको शिकार भइरहेका छन्, जसका कारण हरेक दिन मानिसहरूको मृत्यु भइरहेका घटनाहरू बढ्दै गएका छन् । संघको मानवीय मामिलाका लागि समन्वय कार्यालय ९ओसीएचए० ले सार्वजनिक गरेको प्रतिवेदनमा […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरूमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेर जलविद्युत आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो। इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौता […]

  काठमाडौं । भारत अभिनेता केही महिनादेखि मिर्गौलाको समस्याबाट पीडित थिए। फिश वेंकट ‘गब्बर सिंह’ र ‘डीजे टिल्लु’ जस्ता चलचित्रका लागि परिचित छन्। फिश वेंकट केही महिनादेखि मिर्गौलाको उपचार गराइरहेका थिए। उनको डायलाइसिस भइरहेको थियो। अभिनेतालाई मिर्गौला प्रत्यारोपण आवश्यक थियो। यस्तै फिश वेंकट आर्थिक संकटको सामना गरिरहेका थिए। उनलाई पवन कल्याण र विश्वक सेनले उपचारका […]

error: Content is protected !!