२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौँ त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी घुससहित पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ १९, २०८२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको वैदेशिक हुलाक शाखामा कार्यरत तीन जना कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी तथा हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाल रहेका छन्।

अख्तियारका अनुसार कार्यालय सहयोगी पुडासैनीको साथबाट घुसबापत लिएको १० हजार रुपैयाँसहित विभिन्न दरका विदेशी मुद्रा गरी जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ। यस्तै, नासु रिजालको साथबाट घुस लिएको २० हजार रुपैयाँ तथा स्रोत नखुलेको रकमसमेत गरी कुल २ लाख ६८ हजार २८८ रुपैयाँ फेला परेको छ।

कुरियर कम्पनीमार्फत विदेश पठाइने सामानको भन्सार प्रक्रिया सहज गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग्ने गरेको सूचना पाएपछि अख्तियारले छापा मारेको जनाएको छ।

छापाका क्रममा उनीहरूको नियन्त्रणबाट २३ थान मोबाइल फोनसमेत बरामद गरिएको अख्तियारले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]