२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) केन्द्रले फागुन ५ गते देशभर नेपाल बन्दको घोषणा,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण ०३, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) केन्द्रीय समितिले फागुन ५ गते देशभर नेपाल बन्दको घोषणा गरेको छ। पार्टीले माघ २०८२ मा जारी गरेको विज्ञप्तिमार्फत विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक माग अघि सार्दै बन्द आह्वान गरेको हो।

पार्टीका अनुसार आसन्न फागुन २१ गते हुने संसदीय चुनाव साम्राज्यवादी डिजाइन अन्तर्गत अघि बढाइएको दाबी गर्दै उक्त चुनाव स्थगित गर्नुपर्ने मुख्य माग राखिएको छ। साथै सर्वपक्षीय राजनीतिक सम्मेलन गठन गरी स्वाधीन संयुक्त सरकार निर्माण गर्नुपर्ने माग पनि गरिएको छ।

बहुमत पक्षले जनसंविधान निर्माण गर्दै त्यसैको आधारमा अघि बढ्नुपर्ने, राष्ट्रिय एकता कायम गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्ने उल्लेख गरेको छ। साम्राज्यवादी उत्पीडन र विदेशी हस्तक्षेपको विरोध गर्दै स्वास्थ्य, शिक्षा र यातायात निशुल्क गर्नुपर्ने माग पनि बन्दका कारणमध्ये समेटिएको छ।

विज्ञप्तिमा भ्रष्टाचार, महंगी र कालोबजारीको अन्त्य, उद्योगधन्दा तथा कलकारखाना स्थापना गरी देशलाई आत्मनिर्भर बनाउँदै रोजगारीको सुनिश्चितता गर्नुपर्ने भनिएको छ। २०४६ सालपछि राज्य सञ्चालनमा रहेका नेता तथा उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने मागसमेत अघि सारिएको छ।

पार्टीले दलाल पुँजीवादी राज्यव्यवस्था खारेज गरी वैज्ञानिक समाजवादको बाटोमा अगाडि बढ्नुपर्ने, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा भएको निजीकरण अन्त्य गर्नुपर्ने उल्लेख गरेको छ। साथै सुकुम्वासी र भूमिहीन किसानलाई जमिनको व्यवस्था गर्नुपर्ने, दलाल र नोकरशाही पुँजीवादबाट देशलाई मुक्त गर्नुपर्ने माग राखिएको छ।

भ्रष्ट नेता तथा नोकरशाहहरूले विदेशी बैंकमा जम्मा गरेको रकम फिर्ता ल्याउनुपर्ने, बैंक, वित्तीय संस्था र मिटरव्याजीद्वारा हडपिएको सम्पत्ति जनतामा फिर्ता गर्नुपर्ने भनिएको छ। कृषिमा आधुनिकीकरण र औद्योगिकीकरण गर्दै राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने तथा सबै नागरिकका लागि स्वास्थ्य बीमाको ग्यारेन्टी गर्नुपर्ने माग पनि समावेश गरिएको छ।

यसबाहेक, गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का मूल उद्देश्य पूरा गराउन दबाब दिन नेपाल बन्द गर्न लागिएको पार्टीको भनाइ छ।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले बन्द सफल बनाउन आम जनता, मजदुर, किसान, विद्यार्थी र राष्ट्रप्रेमी शक्तिलाई सहभागी हुन आह्वान गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]