३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

वडा प्रहरी नेपालगन्जको आयोजनामा बागेश्वरी मन्दिर परिसरमा नि:शुल्क स्वास्थ्य परीक्षण,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण ०३, २०८२

बाँके । महाशिवरात्रीको अवसरमा जिल्ला बाँकेको नेपालगंज उपमहानगरपालिका २ स्थित बागेश्वरी मन्दिर परिसरमा नि:शुल्क स्वास्थ्य परीक्षण तथा पानी वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

वडा प्रहरी कार्यालय नेपालगंज, बाँकेको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सहायता कक्ष स्थापना गरी दर्शनार्थी तथा उपस्थित भक्तजनहरूलाई नि:शुल्क पानी वितरण गरिएको हो। साथै, उक्त नागरिक सहायता कक्षमार्फत संजिवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि. को सहकार्यमा भक्तजनहरूको नि:शुल्क स्वास्थ्य परीक्षण समेत गरिएको जनाइएको छ।प्रहरीले धार्मिक तथा सांस्कृतिक अवसरमा नागरिकलाई सहज, सुरक्षित र सहयोगमूलक वातावरण प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!