२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

फागुनको अन्त्यदेखि चैत महिनासम्म मात्र फुल्ने लालीगुराँस माघमै फुल्न थालेपछि स्थानीयवासी अचम्मित,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, फाल्गुण ०४, २०८२

दैलेख । नेपालका पहाडी भेगमा फागुन–चैततिर मात्र फुल्ने लालीगुराँस यस वर्ष भने तापक्रम वृद्धि, वर्षा तथा हिमपातमा आएको कमीका कारण समयअघि नै फुल्न थालेको हो।  विशेष गरी बडिमालिका क्षेत्र, त्रिवेणी नगरपालिका तथा खप्तड छेडेदह गाउँपालिका आसपासका वन क्षेत्रमा अहिले नै लालीगुराँस ढकमक्क फुलेको दृश्य देख्न सकिन्छ। पहिला माघ महिनामा बाक्लो हिमपात हुने गरे पनि यस वर्ष हिमपात ढिला र न्यून मात्रामा भएको स्थानीयको भनाइ छ।

डिभिजन वन कार्यालय बाजुराका अनुसार यस वर्ष तापक्रम अपेक्षाकृत उच्च रहनु, वर्षा कम हुनु र हिमपातमा कमी आउनुका कारण वनस्पतिमा समयअघि नै कुसुम फुल्ने क्रम देखिएको हो।

जलवायु तथा वातावरण क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा तापक्रम क्रमशः बढ्दै जानु, वर्षाको समय र मात्रामा अस्थिरता आउनु तथा हिमाली क्षेत्रमा हिमपात घट्दै जानु जलवायु परिवर्तनका स्पष्ट सङ्केत हुन्। यसको प्रभाव हिमाली जिल्लाहरूमा झन् स्पष्ट रूपमा देखिन थालेको छ।

मौसम चक्रमा आएको असामान्यता, कृषि उत्पादनमा परेको असर र जैविक विविधतामा देखिएको परिवर्तनले दीर्घकालीन वातावरण संरक्षण तथा जलवायु अनुकूलनका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरूको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]