१६ कार्तिक २०८३, सोमबार
02-11-2026 , Mon
×

पैदल यात्रुलाई कुट्ने इन्जिनियर पक्राउ पछी ७ दिन म्याद थपेर अनुसन्धान गर्दै, नेपाल प्रहरी

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण ०५, २०८२

काठमाडौँ । एक जना कार चालकले पैदल यात्रुलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

आज बिहानैदेखि भाइरल भएको उक्त भिडियोबारे सर्वत्र आलोचना भएपछि प्रहरीले खोजी अभियान थालेको र अभियानका क्रममा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यसरी कुटपिट गर्ने व्यक्ति हाल बुढानीलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षका पारस बम रहेको र उनलाई नियन्त्रणमा लिइएको बताए।

अधिकारीले उनी इन्जिनियर रहेको खुलेको र उनलाई थप कारबाहीका लागि केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाइएको पनि बताए । उनले काठमाडौँको नारायणगोपाल चोकस्थित गाडी रोकिएका बेला कारबाट ओर्लिएर सडकमा हिँडिरहेका एक व्यक्तिलाई हातपात गरेका भिडियोमा देखिन्छ ।

नारायणगोपाल चोकस्थित सडक खण्डमा बा३च ११०३ नं को निजी जिप चालकले सार्वजनिक स्थलमा पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गरेको भिडियो विभिन्न सामाजिक सञ्जालमा देखिएको थियो ।

उनलाई आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अनुसन्धानका लागि सात दिनको म्याद थप भएको काठमाडौँ प्रहरीका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि सोही उडानमा हुनुहुन्थ्यो र राति १० बजेसम्म पनि जहाज नउडेपछि उहाँले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्नुभएको हो। उहाँको मुख्य गुनासो थियो: – यात्रुहरूलाई घण्टौंसम्म कुनै स्पष्ट जानकारी नदिइनु – आन्तरिक हवाई सेवामा मौसमको नाममा हुने नियमित लापरबाही र व्यवस्थापनको कमजोरी – नेपालगञ्ज जस्तो सुगम विमानस्थलबाट समेत […]

  काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले मातहतका ट्राफिक प्रहरीलाई आर्थिक अनुशासनमा कुनै सम्झौता नगर्न कडा निर्देशन दिनुभएको छ। आज आइतबार आयोजित सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले भन्नुभयो – > “राज्यले दिएको तलबमा सन्तुष्ट हुनुपर्छ। पैसा कमाउन मन लागे जागिर छोड्नुस्। तपाईंको व्यक्तिगत स्वार्थले संगठन […]

  अर्घाखाँची । सितगङ्गा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष *श्री भिम के.सी.* ज्यूले सम्पूर्ण वडाबासी तथा देश-विदेशमा रहनुभएका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सन्ध्याकालीन अभिवादन व्यक्त गर्नुभएको छ। “यहाँहरूको साँझ सुखमय रहोस्, दिनभरको थकान मेटिँदै जाओस्। हाम्रो सितगङ्गा-९ को विकास र समृद्धिका लागि तपाईंहरूको साथ र सुझाव सधैं रहनेछ।” *भिम के.सी., वडा अध्यक्ष, […]