२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

जिल्ला प्रहरी ओखलढुंगा प्रहरी प्रमुख डिएसपी मदन केसी माघ महिनाको सर्वोत्कृष्ट घोषित,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण ०६, २०८२

ओखलढुंगा। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. लाई माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक मदन के.सी. ले ओखलढुंगाको चिशंखुगढी गाउपालिका-६ भदौरे बोहोरेका ७४ बर्षीय चन्द्र बिक्रम राई र ८० बर्षीया चन्द्र माया राईलाई २०८२ साल माघ १३ गते अज्ञात व्यक्तिहरुले कोदालो प्रहार गरी बिभत्स हत्या गरी सुनको गरगहना र नगद समेत लुटी फरार भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न २ जनालाई काठमाण्डौ महानगरपालिका-१५ स्थितबाट लुटेको सामान सहित माघ २३ गते पक्राउ गरेको, यसै गरी २०६७ साल असार २४ गते ओखलढुंगाको भदौरे गा.वि.स.-२ का ४३ बर्षीय छविलाल कार्कीलाई कर्तब्य गरी मारी फरार रहेका प्रतिवादीलाई २०८२ साल माघ १७ गते (१५ बर्ष पछि) पक्राउ गरेको साथै २०८२ साल मंसिर २८ गते ओखलढुंगा खिजिदेम्वा गाउँपालिका-९ स्थितमा एक महिलालाई जवरजस्ती करणी गरी फरार रहेका २७ बर्षीय प्रतिवादीलाई २०८२ साल माघ ४ गते पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई जनमानसमा शान्ति सुरक्षाको अनुभूति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट वहन गरेको हुँदा निज प्रहरी नायव उपरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]