३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

नेकपा बहुमत पार्टीका धर्मेन्द्र बास्तोलाविरुद्ध सार्वजनिक शान्ति खलल पुर्‍याउने कसुरमा मुद्दा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण ०६, २०८२

काठमाडौँ । नेकपा बहुमतका धर्मेन्द्र बास्तोला र विष्णुप्रसाद तिमल्सिनाविरुद्ध सार्वजनिक शान्ति खलल पुर्‍याउने कसुरमा मुद्दा चल्ने भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गरेको पार्टीले मंगलबार नेपाल बन्द आह्वान गरेको थियो । प्रहरीको काठमाडौंँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मंगलबार नै बास्तोला र तिमिल्सिनालाई पक्राउ गरेको हो ।

निर्वाचन आगोगले निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न व्यक्ति, संस्था र समूहलाई नियन्त्रणमा लिन प्रहरीलाई अनुरोध गरेको छ । प्रहरीस्रोतका अनुसार सार्वजनिक शान्तिविरुद्धको गतिविधिमा संलग्न कसुरमा म्याद थपेर कारबाही गर्ने तयारी छ ।

यसअघि सोमबार भक्तपुरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पनि यही मुद्दा चलाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!