३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

फागुन ७ गते देशभर राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदै,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, फाल्गुण ०७, २०८२

काठमाडौं । आज फागुन ७ गते देशभर राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो।

प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको योगदानको स्मरण गर्दै आज देशभर श्रद्धाञ्जली अर्पण गरिँदै छ।

प्रजातन्त्र स्थापना भएसँगै नेपाली नागरिकले हाल सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गर्दै आएका छन्। संवैधानिक रूपमा प्रजातान्त्रिक मूल्य, मान्यता र व्यवहारलाई संस्थागत गर्ने बलियो आधार २००७ सालको जनक्रान्तिले तयार पारेको इतिहासकारहरूको भनाइ छ।

यस वर्षको मूल समारोह काठमाडौंस्थित सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रमका साथ आयोजना हुँदैछ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा गठन गरिएको मूल समारोह समितिमा सरकारका मन्त्रीहरू, काठमाडौं उपत्यकाका नगरप्रमुखहरू, मुख्य सचिव, प्रधान सेनापति, सुरक्षा निकायका प्रमुखहरू लगायत उच्च पदाधिकारीहरू सदस्य छन् भने गृह मन्त्रालयका सचिव सदस्य सचिवको भूमिकामा छन्।

प्रजातन्त्र दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले प्रजातन्त्र स्थापनाका लागि योगदान पुर्‍याउने शहीदहरूको स्मरण गर्दै देशवासीलाई शुभकामना व्यक्त गरेका छन्।

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो। तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो।

प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ। कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ। प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!