२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सशस्त्र प्रहरी ३० गण बाँकेमा एसपी भीमबहादुर चन्द आएदेखी ठूलो मात्रामा अवैध सामानहरु धमाधम पक्राउ,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण ०७, २०८२

बाँके । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वाटर बागेश्वरी बाँकेबाट खटिएको ९ जनाको सशस्त्र प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १५ पिप्रहवाबाट भारततर्फबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएको जनाएको छ। भे.१ ह ६४२९ र भे.१ ह ४५३८ नम्बरका दुई वटा अटोमा राखी लत्ताकपडा, किराना सामान तथा सुर्तिजन्य पदार्थ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ३० गणले नियन्त्रणमा लिइएको छन् ।नियन्त्रणमा लिइएका दुवै अटो, सामान तथा सम्बन्धित व्यक्तिलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ। अटो रिक्सा सहित बरामद सामानको भन्सार दाखिला मूल्य ५ लाख ५५ हजार २९५ रुपैयाँ कायम गरिएको सशस्त्र प्रहरी गण हेक्वाटर ३० गण गणले जानकारी दिएको छ ।साथै सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म जमुनाहाबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरस्थित सीमा क्षेत्रबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको अन्दाजी १० लाख रुपैयाँ बराबरको मोटर पाट्र्स र लत्ताकपडा बरामद गरेको हो। सोही प्रकरणमा कालिकोट रास्कोट नगरपालिका ८ निवासी २६ वर्षीय तपेन्द्र दर्जीलाई पक्राउ गरिएको छ ।हालै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हे क्वाटर बागेश्वरी बाँकेमा गणपति प्रहरी उपरीक्षक एसपी भिम बहादुर चन्द आएपछि नेपाल भारत खुला सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा सक्रिय रूपमा परिचालित हुँदै आएको बाँके जिल्ला बासीहरु बताउँछन् । सीमा सुरक्षा तथा तस्करी नियन्त्रणमा थप कडाइ गरिने सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वाटर बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]