३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

निर्वाचन सुरक्षामा खट्यो, देशभर सशस्त्र प्रहरी बल नेपाल APF

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण ०८, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वाटर बागेश्वरी बाँकेबाट खटिएको ९ जनाको सशस्त्र प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १५ पिप्रहवाबाट भारततर्फबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएको जनाएको छ। भे.१ ह ६४२९ र भे.१ ह ४५३८ नम्बरका दुई वटा अटोमा राखी लत्ताकपडा, किराना सामान तथा सुर्तिजन्य पदार्थ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ३० गणले नियन्त्रणमा लिइएको छन् ।

नियन्त्रणमा लिइएका दुवै अटो, सामान तथा सम्बन्धित व्यक्तिलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ। अटो रिक्सा सहित बरामद सामानको भन्सार दाखिला मूल्य ५ लाख ५५ हजार २९५ रुपैयाँ कायम गरिएको सशस्त्र प्रहरी गण हेक्वाटर ३० गण गणले जानकारी दिएको छ ।

साथै सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म जमुनाहाबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरस्थित सीमा क्षेत्रबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको अन्दाजी १० लाख रुपैयाँ बराबरको मोटर पाट्र्स र लत्ताकपडा बरामद गरेको हो। सोही प्रकरणमा कालिकोट रास्कोट नगरपालिका ८ निवासी २६ वर्षीय तपेन्द्र दर्जीलाई पक्राउ गरिएको छ ।

हालै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हे क्वाटर बागेश्वरी बाँकेमा गणपति प्रहरी उपरीक्षक एसपी भिम बहादुर चन्द आएपछि नेपाल भारत खुला सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा सक्रिय रूपमा परिचालित हुँदै आएको बाँके जिल्ला बासीहरु बताउँछन् । सीमा सुरक्षा तथा तस्करी नियन्त्रणमा थप कडाइ गरिने सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वाटर बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!