३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

दाङमा रास्वपा सम्पर्क कार्यालय तोडफोड,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण ०८, २०८२

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं. ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ करिब ६ बजेतिर नेकपा एमालेका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । रास्वपाका क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीले पार्टी कार्यालय तोडफोड भएको बताए ।‘पार्टीको सम्पर्क कार्यालय तोडफोड गरिएको रहेछ,’ कमल सुवेदीले भने, ‘कसले, किन गरेको बुझ्दैछुँ ।’

उक्त तोडफोडको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनकि भएको छ । जसमा युवा संघ र एमालेको नारा लगाउँदै केही युवाहरुले तोडफोड गरेको देखिन्छ ।बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।त्यसपछि एमालेले सो विषयमा गम्भीर आपत्ति जनाएको थियो । सोही विषयलाई लिएर विवाद उत्पन्न भएको छ । त्यस विषयलाई एमालले कार्याकर्ताले तोडफोड गरेको हुन सक्ने उनले बताए ।

इलाका प्रहरी तुलसीपुरका डीएसपीले भने तोडफोड हुन नपाएको बताए । ‘ब्यानर च्यातेर तोडफोडको प्रयास गरिएको रहेछ । हामीले रोकेर ठूलो तोडफोड हुन दिएनौं’, डिएसपी होमबहादुर पराजुलीले भने, कसले गरेको भनेर खुलेको छैन ।’एमाले कार्यालयनजिकै भएकाले युवा संघले गरेको हुन सक्ने उनले बताए ।
यद्यपि प्रहरीले एमालेको झण्डामा आगनी गर्नेलाई समेत नियन्त्रणमा लिइसकेको छ । तुलसीपुर उपमहानगरपालिका ७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!