१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

युवानेता प्रकाश शाहीको नेतृत्व : देउखुरीमा भव्य र्‍याली प्रदर्शन,

Logo
बिदुर एमसी प्रकाशित शनिबार, फाल्गुण १६, २०८२

देउखुरी । दाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपा (माओवादी) ले शुक्रबार भव्य र्‍याली प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। युवा उम्मेदवार प्रकाश शाहीको पक्षमा मतदान गर्न आव्हान गर्ने लक्ष्यका साथ देउखुरीको मौरिघाटबाट र्‍याली सुरु भएको थियो । भालुवाङ, कालाकाटे, गढवा, राजपुर पुगेर लमही हुँदै पुनः मौरिघाटमै पुगेर बेलुका कोणसभा समेत सम्पन्न गरिएको थियो।

गुलाफकाे फूल चुनाव चिन्ह अंकित झण्डा, ब्यानरमा अनेकौं लय र भाखामा सजिएका चुनावी गीतमा गाउँदै र नाच्दै सहभागीहरु कार्यक्रममा विभिन्न स्थानका युवा समर्थकको उल्लेखनीय सहभागिता रहेको थियो। पार्टीका जिल्ला तथा केन्द्रस्तरीय नेता–कार्यकर्ता, समानुपातिक उम्मेदवारहरूकाे कार्यक्रममा उपस्थिति रहेको थियो।

र्‍याली कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार प्रकाश शाहीले यो निर्वाचन निरन्तरताको नभई परिवर्तनको निर्वाचन भएको बताए। उनले विगत एक दशकभन्दा लामो समयदेखि मेहनत गर्ने श्रमिक, किसान, मजदुर, युवा र उत्पीडित समुदायको पक्षमा आवाज उठाउँदै आएको आफ्नो पार्टी जनताको वास्तविक मुद्दा लिएर मैदानमा उत्रिएको स्पष्ट पारेका छन् ।

“निर्वाचनमा जनताको पीडा, सपना र भविष्यको फैसला हुनेछ,” शाहीले भने, “देशका युवाले के चाहन्छन्, किसानले के चाहन्छन्, मजदुर र विद्यार्थीले के चाहन्छन्—त्यसको उत्तर खोज्दै हामी निर्वाचनमा गएका हौँ ।” अन्य पार्टीमा हावी हुँदै गएको अवसरवादी प्रवृत्तिप्रति संकेत गर्दै जनताको रगत–पसिनाबाट संकलित स्रोतको दुरुपयोग गर्नेहरूलाई यसपटकको चुनावमार्फत गतिलो जवाफ दिनुपर्नेमा जोड दिएका थिए।

‘भेल बाढीले सिँचाइ हुँदैन’ भन्दै युवा नेता शाहीले नारा र उपमामार्फत मतदातालाई सजग हुन आग्रह गरे। शाहीले भने अनुसार अचानक देखिने लोभलाग्दा हावाहुरी र प्रवाहले दीर्घकालीन समाधान नदिने र जनताको जीवनमा स्थायी परिवर्तन ल्याउन नसक्ने उल्लेख गर्दै साँचो संघर्ष र इमानदार नेतृत्वबाट मात्र सम्भव भएको घोषणा गरे ।

सम्बोधनका क्रममा उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई समान अधिकारको विषयका रूपमा आफ्नो आवाज बुलन्द गर्दै विदेश पलायन भएका युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै सुकुम्बासी, भूमिहीन, आदिवासी तथा थारु समुदायको अधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

“भोट हाल्दा आफ्नो गाउँबाट विदेशिएको छोरा, पढेर बेरोजगार बसेको युवा, उपचार नपाएर भौतारिएको बिरामी र खेतमा बिउ नपाएर हैरान किसानको अनुहार सम्झनुहोस्,” भन्दै उनले भावुक मुद्रामा वास्तविकता पनि झल्काए ।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा भएको कोणसभा कार्यक्रमको अन्त्यमा शाहीले दाङ क्षेत्र नम्बर १ का मतदातालाई पुरानो हिसाबले होइन, नयाँ दृष्टिकोण रोज्न आग्रह गर्दै परिवर्तनको प्रतीक गुलाब चिन्हमा मतदान गर्न अनुरोध गरे।

उनले भ्रष्टाचार, अन्याय र असमानताविरुद्धको संघर्षलाई निर्वाचनपछि पनि निरन्तर अघि बढाउने प्रतिबद्धता सहित र्‍यालीमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव, घोराही बनाउँ अभियानका संयोजक एवं जय महाकाल सेवा समाजका सल्लाहकार सबिन प्रियासनले आफ्नो जन्मदिन घोराही ट्राफिक चोकको पिपल बोटमुनि बटुवा एवं असायहरूलाई खाना खुवाउँदै मनाएका छन् । शुक्रबार साँझ सेवा समाजमा आबद्ध पदाधिकारी, सदस्य एवं निःशुल्क खाना खुवाउने कार्यक्रममा दिनरात खटिएका भोलेन्टियरहरूले प्रियासनलाई खादा माला लगाएर सम्मान समेत […]

काठमाडौँ । थापाथलीमा घर टहरा भत्काउन सुरु भएको छ । बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए । उनीहरु सामान बोकेर बस्तीबाट हिँडेका थिए । अहिले बिहान पुगेको डोजरले बस्तीका घरटहरा हटाउन थालेको छ । स्थिति शान्तिपूर्ण छ ।

बाँके । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका करिब १६ लाख रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट मूल्य रु. १५ लाख ९६ हजार ६९७ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमा खसीको छाला, […]

error: Content is protected !!