१८ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी प्रमुखलाई कटिबद्ध हुनु,आईजिपी कार्कीको निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण १७, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई निर्वाचनलाई भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरू सामूहिक जिम्मेवारीबोधका साथ कटिबद्ध हुन निर्देशन दिनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुमा आइतबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो ।

प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर कार्य गर्ने र सो समयमा देखापर्न सक्ने सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति सहित प्रहरी कर्मचारीहरू सदैव तयार हुनुपर्ने उल्लेख गर्दै सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभयो । भरपर्दो सुरक्षा योजना अवलम्बन गर्दै अन्य सुरक्षा निकाय एवम् सरोकारवाला सबै पक्षहरूसँग निरन्तर समन्वय तथा सहकार्य गरी आ-आफ्नो क्षेत्रमा त्रुटीरहित तवरमा कार्यसम्पदान गर्न उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने एवम् अवाञ्छित गतिविधिका साथै सामाजिक सञ्जाल मार्फत गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषणमा संलग्नलाई कानुनी दायरामा ल्याउन थप सक्रिय रूपमा प्रस्तुत भई कार्य गर्नुपर्नेमा विशेष जोड दिनुभयो । आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रहरीको बलियो उपस्थितिको साथै अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय गरी संयुक्त परिचालनका साथै संयुक्त पूर्वअभ्यासहरूलाई समेत प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने उहाँले बताउनुभयो । निर्वाचनको समयमा प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता, ‍निर्वाचन व्यवस्थापनमा निर्वाह गर्नुपर्ने भूमिका एवम् दायित्व तथा सामाजिक सञ्जालको प्रयोगमा समेत आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिवद्ध भई आ-आफ्नो जिम्मेवारी वहन गर्न उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनको वातावरणलाई शान्तिपूर्ण बनाउनको लागि आ-आफ्नो क्षेत्रमा खटिएका निर्वाचन अधिकृतसँग आवश्यक समन्वय र सहकार्य गर्दै कार्य गर्नुपर्ने उल्लेख गर्दै मतदान अधिकृतसँग समन्वय गरी मतदान केन्द्रको निर्माण एवम् मतदानस्थलमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलतामा कुनै पनि त्रुटी नहुने गरी काम गर्नुपर्ने बताउनुभयो । निर्वाचनको समयमा थप मद्दतको रूपमा खटि आउने प्रहरी कर्मचारीहरूको उचित व्यवस्थापन तथा परिणाममूखी परिचालनमा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो । साथै कुनै पनि आर्थिक अपराध एवम् हुण्डी कारोबारमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन अझ खरोरूपमा प्रस्तुत भई काम गर्नु समेत उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी र मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले समेत जनशक्ति व्यवस्थापन, आचारसंहिताको पालना, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी, विद्यमान सुरक्षा चुनौतीहरू र अपनाउनुपर्ने सुरक्षा सावधानी लगायत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालय सम्मका निर्वाचन सेलका प्रमुख तथा प्रतिनिधिहरू एवम् थप मद्दतका रूपमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लगायत अन्य प्रहरी अधिकृतहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । निर्वाचन क्षेत्र नै तोकेर पाँच एसएसपीलाई खटाइएको हो । काठमाडौंको १० क्षेत्र हेर्न तीन एसएसपी खटिएका छन् । क्षेत्र नम्बर १ देखि ४ सम्म रमेश बस्नेत, ५, ६ र ७ मा अजय केसी तथा ८, ९ र १० मा नवराज अधिकारीलाई खटाइएको छ । त्यस्तै, ललितपुरमा सन्तोष खड्का तथा भक्तपुरमा प्रवीण धिताललाई हटाइएको […]

कास्की । जिल्ला प्रहरी कार्यालय, कास्कीले सार्वजनिक स्थानमा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको जनाएको छ। दिउँसो करिब ४:५० बजे Pokhara Metropolitan City–९, चिप्लेढुङ्गास्थित पार्किङ क्षेत्रमा दुई जना महिलामाथि कुटपिट तथा दुर्व्यवहार भएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीद्वारा अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा पार्किङ शुल्क […]

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ। प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ र उनी भक्तपुरस्थित निवासबाट आइतबार पक्राउ परेका थिए। सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको थियो र उनी ४ फागुनमा पक्राउ परेर १३ फागुनमा रिहा […]

error: Content is protected !!