बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खगेन्द्र सुनारले सुरुवाती अग्रता लिएका छन्। उनले १ हजार ६ सय ९८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुमन मल्लले ७ सय १५ मत पाएका छन्। सुनार र मल्लबीचको मतान्तर ९ सय ८३ रहेको छ। नेपाली कांग्रेसका अमरसिंह पुन ५ सय ४१ मतसहित तेस्रो स्थानमा छन् ।
खगेन्द्र सुनार २०४७ सालमा दैलेखको नारायण नगरपालिका छातीकोटमा जन्मिएका हुन्। उनी रास्वपाको केन्द्रीय सदस्य हुन् र दलित समुदायका मतदाताको विश्वास जित्ने प्रयत्न गरिरहेका छन् ।