३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

प्रतिनिधि सभाको निर्वाचनको मत परिणामले मधेसवादी दलको पत्ता नै साफ भएको देखिन्छ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, फाल्गुण २३, २०८२

जनकपुर । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै भइसक्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याइरहेको अप्रत्याशित मत परिणामले मधेसमै मधेसवादी दलहरू ओझेलमा परिसकेको छ ।

यतिबेला मधेसवादी दलले जित्न सक्ने सम्भावित सिट मध्ये सप्तरी क्षेत्र नं. ३ हो । तर त्यसमा पनि खासै सम्भावना देखिदैन । कति बेला रास्वपाले पर्छाला त्यसको सम्भावना छैन । उनीहरूको स्थिति कमजोरै हो त ? मधेस मामिलाका जानकार चन्द्रकिशोर भन्छन्, ‘अवस्था खराब नै छ, कुनै नेता आफ्नो व्यक्तिगत क्षमताले जिते भने त्यो बेग्लै कुरा हो, त्यसबाहेक सबैको हालत खराब देखिएको छ ।’ संगठनको बलमा जित्ने अवस्था कुनै पनि दलको नभएको र पार्टी अध्यक्षहरू नै ढुक्क हुने अवस्थामा नभएका उनले बताए ।

मधेसवादी दलहरू ‘पत्ता साफ’ नभए पनि ‘वेभ’ भने नेदेखिएको हो । ‘मधेसवादी दलका लागि यो पतझडको मौसम हो, वसन्त आउँदैन,’ उनले भने, ‘मधेसवादी दलले संघीय सरकारदेखि प्रदेश सरकार र स्थानीय सरकारमा गरेको प्रदर्शन (पर्फमेन्स) राम्रो नभएको कारण अहिलेको अवस्था आएको हो ।’ जेनजी आन्दोलन भएपनि मधेसवादी दलको संरचनामा कुनै फेरबदल नभएको, टिकट वितरणमा पनि केही फरकपन नदेखिएको हुँदा लिड गर्न सक्ने सम्भापना पनि देखिदैन उनको बुझाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!