२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

पत्रकारलाई लाइसेन्स लिने व्यवस्थाको पत्रकार महासंघद्वारा विरोध

Logo
प्रकाशित मंगलबार, माघ १४, २०७६

काठमाडौं माघ १४ मिडिया काउन्सिल बिधेयकलाई संसदीय समितिले अगाडि बढाउँदै गर्दा पत्रकारको परीक्षा लिने प्रावधान थपिएकोमा नेपाल पत्रकार महासंघले आश्चर्य प्रकट गरेको छ ।
महासंघका उपाध्यक्ष विपुल पोख्रेलले त्यस्तो प्राबधानप्रति आपत्ति प्रकट गरेका छन् ।
‘नागरिकको आवज बोल्ने, मानवअधिकारको पक्षमा बोल्ने र बेथिति विरुद्ध बोल्ने वर्ग नै पत्रकार हो’, उनले भने, ‘त्यो बर्गलाई लाइसेन्स लिएरमात्र बोल भन्नु अभिव्यक्ति स्वतन्त्रताको खिलापमा हुन्छ ।’
पोख्रेलले महासंघको आन्दोलनपछि बिधेयकमा आंशिक संशोधन भएता पनि नयाँ बिबादित र जटिल प्रावधान घुसाएर बिधेयकलाई झन् बिबादित बनाउन खोजिएको बताए ।
बिधेयकमा मिडियालाई स्वनियमनका लागि प्रश्रय दिनुपर्ने आफूहरूको आवाज रहेको बताउँदै उनले त्यसको सम्बोधन गर्न, काउन्सिलको संरचना अझै बलियो र समावेशी बनाउन, नियुक्ति प्रकृया सर्बस्वीकार्य बनाउन सांसदहरूलाई आग्रह गरेका छन् ।
‘अब संसदको पूर्ण बैठकबाट बिधेयकका बिबादित र झन्झटिला प्राबधान हटाउन सांसदहरूलाई आग्रह गर्दछु’, उनले भनेका छन् ।
उनले पत्रकारलाई लाइसेन्स लिनुपर्ने प्रावधानलाई सैद्धान्तिक रूपमै स्वीकार गर्न नसकिने बताउँदै त्यो बाटोतर्फ नजान खवरदारी पनि गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

error: Content is protected !!