२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पत्रकारलाई लाइसेन्स लिने व्यवस्थाको पत्रकार महासंघद्वारा विरोध

Logo
प्रकाशित मंगलबार, माघ १४, २०७६

काठमाडौं माघ १४ मिडिया काउन्सिल बिधेयकलाई संसदीय समितिले अगाडि बढाउँदै गर्दा पत्रकारको परीक्षा लिने प्रावधान थपिएकोमा नेपाल पत्रकार महासंघले आश्चर्य प्रकट गरेको छ ।
महासंघका उपाध्यक्ष विपुल पोख्रेलले त्यस्तो प्राबधानप्रति आपत्ति प्रकट गरेका छन् ।
‘नागरिकको आवज बोल्ने, मानवअधिकारको पक्षमा बोल्ने र बेथिति विरुद्ध बोल्ने वर्ग नै पत्रकार हो’, उनले भने, ‘त्यो बर्गलाई लाइसेन्स लिएरमात्र बोल भन्नु अभिव्यक्ति स्वतन्त्रताको खिलापमा हुन्छ ।’
पोख्रेलले महासंघको आन्दोलनपछि बिधेयकमा आंशिक संशोधन भएता पनि नयाँ बिबादित र जटिल प्रावधान घुसाएर बिधेयकलाई झन् बिबादित बनाउन खोजिएको बताए ।
बिधेयकमा मिडियालाई स्वनियमनका लागि प्रश्रय दिनुपर्ने आफूहरूको आवाज रहेको बताउँदै उनले त्यसको सम्बोधन गर्न, काउन्सिलको संरचना अझै बलियो र समावेशी बनाउन, नियुक्ति प्रकृया सर्बस्वीकार्य बनाउन सांसदहरूलाई आग्रह गरेका छन् ।
‘अब संसदको पूर्ण बैठकबाट बिधेयकका बिबादित र झन्झटिला प्राबधान हटाउन सांसदहरूलाई आग्रह गर्दछु’, उनले भनेका छन् ।
उनले पत्रकारलाई लाइसेन्स लिनुपर्ने प्रावधानलाई सैद्धान्तिक रूपमै स्वीकार गर्न नसकिने बताउँदै त्यो बाटोतर्फ नजान खवरदारी पनि गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]