०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार अभियोगमा दुईजना महिला पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र ०१, २०८२

कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका १ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार स्थानीय ५७ वर्षीया लिला कुमारी श्रेष्ठ माथि बोक्सीको आरोप लगाउँदै आगोको अगुल्टोले शरीरका विभिन्न भागमा प्रहार गरी दुर्व्यवहार गरेको आरोपमा सोही स्थानका ५१ वर्षीया हुम कुमारी झेडी मगर र उनकी २१ वर्षीया छोरी खगिसरा झेडी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार पीडित श्रेष्ठमाथि कुटपिट तथा दुर्व्यवहार गरिएको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिई दुवै जनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।

पक्राउ परेकी आमाछोरीविरुद्ध बोक्सी आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले उहाँको भनाई छ । यस सम्बन्धमा थप अनुसन्धानका लागि कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको  प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका १ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार स्थानीय ५७ वर्षीया लिला कुमारी श्रेष्ठ माथि बोक्सीको आरोप लगाउँदै आगोको अगुल्टोले शरीरका विभिन्न भागमा प्रहार गरी दुर्व्यवहार गरेको आरोपमा सोही स्थानका ५१ वर्षीया हुम कुमारी झेडी मगर र […]

दाङ । घोराही बनाऔं अभियानले घोराही–तुलसीपुर सडक खण्डमा पर्ने फोरलेन सडक निर्माणको कामलाई दु्रतगतिमा अगाडी बढाउन माग गरेको छ । अभियानको टोलीले डिभिजन सडक कार्यालय दाङमा पुगेर फोरलेन सडक र सोही सडकमा बनि रहेका पुल निर्माणको कामलाई पहिलेको भन्दा पनि दु्रत गतिमा अगाडी बढाउन माग गरेको हो । निर्वाचन पछि सडक निर्माणको कार्यमा ढिला सुस्त […]

२००७ सालदेखि नेपालमा शनिबार बिदा दिने चलन जुद्ध शमशेरले चलाएका हुन् काठमाडौं । नेपालमा शनिबार बिदा दिने चलन जुद्ध शमशेरले चलाएका हुन्। उनले २००७ सालमा शनिबार आधा दिनको बिदा दिने घोषणा गरेका थिए। त्यसपछि २०१६ सालमा महेन्द्र शमशेरले शनिबार पूर्ण बिदा दिने निर्णय गरेका थिए ।

error: Content is protected !!