०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक सुविधासहितको नयाँ टर्मिनल भवन निर्माण सम्पन्न,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, चैत्र ०३, २०८२

बाँके । नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक सुविधासहितको नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको छ। निर्धारित समयभन्दा करिब डेढ महिनाअघि नै निर्माण कार्य सम्पन्न भए पनि आयोजनालाई औपचारिक हस्तान्तरण भने बाँकी रहेको छ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार नयाँ टर्मिनल भवन भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका संरचनाभन्दा गुणस्तरीय रूपमा निर्माण गरिएको छ। काठमाडौँपछिको प्रमुख विमानस्थलका रूपमा चिनिएको नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय उडानका लागि सक्षम बनाउने उद्देश्यसहित उक्त भवन निर्माण गरिएको हो। यहाँबाट भारतका प्रमुख सहर दिल्ली र लखनउमा उडान सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

शर्मा एण्ड कम्पनीले करिब रु दुई अर्ब ९८ करोड लागतमा निर्माण गरेको उक्त परियोजना विसं २०७९ पुसदेखि सुरु गरिएको थियो। तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माण कार्य निर्धारित समयअघि नै पूरा गरिएको आयोजनाले जनाएको छ।

सेमी–बेसमेन्टसहित तीन तलाको टर्मिनल भवनको बेसमेन्ट व्यावसायिक प्रयोजनका लागि उपयोग गरिनेछ। अत्याधुनिक प्रविधिसहित निर्माण गरिएको भवनले …पिक आवरÚमा प्रतिघण्टा एक हजार ६०० यात्रुलाई सेवा दिन सक्ने क्षमता राख्छ।

झन्डै पाँच हजार ७५ वर्गमिटर क्षेत्रफलमा फैलिएको भवनभित्र १४ वटा यात्रु चेकजाँच काउन्टर, तीन वटा भिआइपी कक्ष, बालबालिकाका लागि खेल्ने क्षेत्र तथा भन्सार र क्वारेन्टाइनका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ।

यसैगरी, टर्मिनल परिसरमा बगैँचा, पाँचदेखि १४ मिटर चौडाइका पहुँच मार्ग तथा ढल र वर्षा पानी निकासका लागि व्यवस्थित नाला निर्माण गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ । योसहित पौडेलको पाँचौपटक म्याद थप गरिएको हो । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि […]

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय,कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार […]

दाङ । गढवा न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी र नागरिक समाजको दायित्वलाई सकेसम्म संवेदनशील, परिणाममुखी अनि सशक्त बनाउने आधार तयार रहेको नेपाल प्रहरी प्रमुख एवम् महानिरीक्षक दानबहादुर कार्कीले उद्घोष गरेका छन् । दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत ईलाका प्रहरी कार्यालय गढवाको परिसरमा बिहीबार दिउँसो आयोजित सभालाई कार्कीले सम्बोधन गरेका थिए । इलाका प्रहरी कार्यालय गढवा, […]

error: Content is protected !!