२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

६ सय घरपरिवारलाई पिउने पानीको व्यवस्था गर्न घोराही बनाऔँ अभियानद्वारा माग,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, चैत्र ०५, २०८२

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेपछि सो आयोजना निर्माण कार्य सम्पन्न गरी स्थानीयवासीलाई तत्काल पिउने पानीको व्यवस्था गर्न घोराही बनाऔँ अभियानले माग गरेको छ । अभियानको टोलीले घोराही उपमहानगरपालिका ६ चैनपुरमा रहेको सौडियार २, ३, ४ स्किम नम्बर ४ चैनपुर खानेपानी आयोजनाको स्थलगत अवलोकन गरी यस विषयमा खानेपानी तथा सरसफाई कार्यालय दाङलाई ज्ञापनपत्र समेत बुझाएको छ । उक्त आयोजना अन्तर्गत ६०० बढी घरपरिवार लाभान्वित हुनेछन् । हाल पिउने पानीको व्यापक समस्या झेलिरहेको चैनपुरको वरपर रहेका विभिन्न टोल विकास संस्थाका टोलबासीहरूले पिउने पानीको लागि व्यापक समस्या झेल्नुपरेको छ । घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासन, चैनपुर खानेपानी समितिका अध्यक्ष हेमराज ओली सहितको टोलीले खानेपानी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै कार्यालयको तर्फबाट गजेन्द्र बहकरीले यो विषयमा आज नै संघ सरकारमा थप बजेट माग गरी पत्र पठाइने बताउनुभयो । उहाँले दाङका केही आयोजनाहरु अहिले पनि बजेट अभावका कारण पुरा हुन नपाएको र आफूहरू कार्यालयको तर्फबाट आयोजना सम्पन्न गर्न लागि परेको बताउनुभयो।

खानेपानी कार्यालयमा बुझाइएको ज्ञापनपत्रको पूर्णपाठ :

पत्र संख्या ः२०८२÷०८३
चलानी नं. ः ९
मिति ः २०८२÷१२÷०५

श्री प्रमुखज्यू
खानेपानी तथा सरसफाइ कार्यालय
घोराही, दाङ

विषय ः घोराही– ६ चैनपुरमा खानेपानी आयोजना सम्पन्न गरी सुचारु गर्ने सन्दर्भमा।
महोदय,
दाङ लुम्बिनी प्रदेशको राजधानी भएको जिल्ला हो । दाङको सदरमुकामकारुपमा
रहेको घोराही नेपालकै सबै भन्दा ठूलो उपमहानगरपालिका हो । दाङलाई पछिल्लो समय सबै क्षेत्रको हबकारुपमा विकास गर्न खोजिएको छ । घोराही क्षेत्रमा पहिलेको तुलनामा पिउने पानीको समस्या धेरै हदसम्म निराकरण भएको छ। तर अहिले पनि केही वडा अनि ठाउँहरूमा नगरवासी पिउने पानीको समस्याबाट ग्रस्त छन् डिभिजन खानेपानी तथा यहाँका उपभोक्ता समितिहरुले आफ्नो तर्फबाट स्थानीय बासिन्दाका लागि पिउनेपानीको व्यवस्था गरिएको अवस्था छ। यही क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ६ चैनपुरमा रहेको सौडियार २,३,४ स्किम नम्बर ४ चैनपुर खानेपानी आयोजना विगत केही समयदेखि अलपत्र छ। उक्त आयोजना अन्तर्गत ओभरहेड ट्याङ्की निर्माण भएको तीन वर्ष भइसक्यो तर पाइपलाइनिङ लगायतका कामहरू अगाडि नबढ्दा त्यहाँका ६ सय बढी घरधुरी पिउने पानीबाट वञ्चित छ। अहिले पनि पिउने पानीको व्यापक समस्या झेलिरहेका चैनपुर क्षेत्रमा रहेका विभिन्न टोलबासी लाई पिउनेपानीको तत्काल व्यवस्था गर्नको लागि उक्त खानेपानी आयोजनालाई पूर्णता दिन हामी जोडदार माग गर्दछौं।
सविन प्रियासन
(संयोजक)
घोराही बनाऔं अभियान

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ देशभरका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पर्न सक्ने तथा हजारौं पत्रकार, कर्मचारी र श्रमिकको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक […]

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]

error: Content is protected !!