०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

टिकापुरमा अवैध सामान नियन्त्रणमा लिएकाे विषयलाई लिएर गुल्मभित्र डिएसपी पालमाथि कुटपिट,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र ०५, २०८२

धनगढी । कैलालीकाे खक्राेला नाकामा रहेकाे शसस्त्र प्रहरी गुल्ममा छिरेर स्थानीय युवा तथा ब्यापारीले डीएसपीसहितका प्रहरीमाथि हातपात गरेका छन् ।

टिकापुरस्थित खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टरमा अवैध सामान नियन्त्रणमा लिएकाे विषयलाई लिएर गुल्मभित्र भीड पसेको हो ।

त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । सोहीबारे गुल्ममा टीकापुर उद्योग वाणिज्य संघको टोली समेतको सहभागितामा छलफल भएकाे थियाे । छलफल सकिएपछि स्थानीय युवा र केही ब्यापारी गुल्ममै छिरेर हातपातमा उत्रिएकाे बुझिएकाे छ ।

गुल्मभित्र छिरेकाे अनियन्त्रित भीडले सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पालमाथिसमेत हातपात गरेका छन् । डीएसपी पौडेलले सीमा नाकामा ज्यादती गरेको आरोप लगाउँदै गुल्ममै छिरेर त्यहाँका व्यापारी र सर्वसाधारणले हातपात गरेको प्रारम्भिक जानकारी छ ।

घटनापछि गुल्ममा कार्यरत डीएसपी पौडेल बाहेक सिंगो टोलीलाई जिल्ला तान्ने निर्णय भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले डीएसपी पालबाहेक ३१ जना सशस्त्र प्रहरीको टोली नयाँ पठाउन लागिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । कैलालीकाे खक्राेला नाकामा रहेकाे शसस्त्र प्रहरी गुल्ममा छिरेर स्थानीय युवा तथा ब्यापारीले डीएसपीसहितका प्रहरीमाथि हातपात गरेका छन् । टिकापुरस्थित खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टरमा अवैध सामान नियन्त्रणमा लिएकाे विषयलाई लिएर गुल्मभित्र भीड पसेको हो । त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालै दिएका अभिव्यक्तिहरूमा उनले मन्त्री बन्न मिडिया ट्रायल गर्नु पर्दैन भन्ने कुरा व्यक्त गरेका छन्। उनले आफ्ना सांसदहरूलाई सार्वजनिक अभिव्यक्ति दिँदा संयम र जिम्मेवारी अपनाउन कडा निर्देशन दिएका छन्। लामिछानेले हल्का र असावधानीपूर्ण अभिव्यक्तिले जनताको विश्वासमा आँच आउने भन्दै त्यस्ता गतिविधि नगर्न चेतावनी दिएका छन् । लामिछानेको […]

बाँके । नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक सुविधासहितको नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको छ। निर्धारित समयभन्दा करिब डेढ महिनाअघि नै निर्माण कार्य सम्पन्न भए पनि आयोजनालाई औपचारिक हस्तान्तरण भने बाँकी रहेको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार नयाँ टर्मिनल भवन भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका संरचनाभन्दा गुणस्तरीय रूपमा निर्माण गरिएको छ। काठमाडौँपछिको प्रमुख विमानस्थलका रूपमा चिनिएको नेपालगञ्ज […]

error: Content is protected !!