३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

मध्यपूर्वका देशहरूमा रातभर आक्रमण जारी, देशभर पेट्रोलियम पदार्थको चरम अभाव हुँदै,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र ०५, २०८२

काठमाडौं । विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र मानिने आफ्नो साउथ पार्स ग्यास फिल्डमा बुधबार इजरायलले हमला गरेपछि इरानले अमेरिकासँग सम्बन्धित तेल र ग्यास रिफाइनरीलाई लक्ष्य गरी मध्यपूर्वका देशहरूमा रातभर आक्रमण गरेको छ।

साउदी अरेबियाले बुधबार रातभर इरानले आक्रमण गरेको बताएको छ।

साउदी रक्षा मन्त्रालयले राजधानी रियाद र देशका पूर्वी क्षेत्रमा १७ ड्रोन र दुई ब्यालिस्टिक मिसाइल खसालेको बताएको छ।

यस्तै साउथ पार्स ग्यास फिल्डमा गरिएको हमलाको बदलामा बुधबारै कतारको रास लाफान ऊर्जा परिसरमा क्षेप्यास्त्र हानेको इरानले फेरि बिहीबार बिहान पनि आक्रमण गरेको छ।

कतारले आक्रमणले ग्यासमा क्षति पुर्‍याएको बताएको छ, तर कोही घाइते भएका छैनन्।

उता संयुक्त अरब इमिरेट्सले पनि बिहीबार बिहान आफ्नो वायु रक्षा प्रणालीले ब्यालिस्टिक मिसाइल तथा लडाकु विमानले ड्रोन रोकेको बताएको छ।

बहराइनले पनि रातभरमा तीन चेतावनी जारी गर्दै नागरिकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

यस्तै कुवेती सेनाले विज्ञप्ति जारी गर्दै ‘शत्रुको मिसाइल र ड्रोन आक्रमण’को सामना गरिरहेको बताएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]