२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

रास्वपाले नयाँ सरकार गठनको प्रक्रिया अघि बढायो, को को बन्दै छन् मन्त्रीहरू?

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, चैत्र ०५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको छ । बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेसँगै रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका थिए ।

छलफलका क्रममा यही चैत १३ गते नयाँ प्रधानमन्त्री नियुक्ति र शपथ गर्नेगरी अन्य सम्बन्धित निकायसँग परामर्श गर्ने माेटामोटी सहमति जुटेको रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

‘१३ गते नयाँ प्रधानमन्त्रीले शपथ लिनेगरी छलफल भएको छ । हामीले मात्रै मिति तय गरेर मात्रै पनि हुँदैन । अन्य पक्षसँग पनि गर्नुपर्ने आवश्यक छलफल भोलिबाटै अघि बढाउँछौं,’ महामन्त्री बुर्लाको६ीले भने ।

साथै, सोही दिन मन्त्रिपरिषद् पनि गठन गर्नेगरी छलफल अघि बढेको उनले जानकारी दिए । यद्यपि मन्त्रिपरिषद्को आकार र व्यक्तिबारे भने टु‌ंगो नलागेको उनी बताउँछन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय,कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार […]

दाङ । गढवा न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी र नागरिक समाजको दायित्वलाई सकेसम्म संवेदनशील, परिणाममुखी अनि सशक्त बनाउने आधार तयार रहेको नेपाल प्रहरी प्रमुख एवम् महानिरीक्षक दानबहादुर कार्कीले उद्घोष गरेका छन् । दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत ईलाका प्रहरी कार्यालय गढवाको परिसरमा बिहीबार दिउँसो आयोजित सभालाई कार्कीले सम्बोधन गरेका थिए । इलाका प्रहरी कार्यालय गढवा, […]

दाङ । सरकारले हालै सरकारी विज्ञापनलाई सरकारी सञ्चार माध्यममा मात्र प्रकाशित र प्रसारित गर्ने निर्णय गरेको छ । यो निर्णयले सम्पूर्ण निजी सञ्चार क्षेत्रलाई आर्थिक रूपमा मात्र होइन, नैतिक तथा व्यावसायिक रूपमा पनि गम्भीर धक्का दिएको छ । यो कदम स्वच्छाचारी मात्र होइन, लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रत्यक्ष प्रहार हो । यसले मुलुकलाई स्वतन्त्र पत्रकारिताबाट वञ्चित गर्दै […]

error: Content is protected !!