२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

सशस्त्र डिएसपी पौडेलमाथि कुटपिटको घटना पछी सशस्त्र प्रहरीका ३३ जना गणमा तानिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र ०६, २०८२

टिकापुर । कैलालीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म खक्रौलामा कार्यरत सशस्त्र प्रहरीका डिएसपी प्रदीप पौडेलविरुद्ध अनाधिकृत रूपमा सामान जफत गर्ने तथा व्यापारी र सर्वसाधारणलाई सास्ती दिने आरोप सार्वजनिक भएपछि सो गुल्मका ३३ जना सशस्त्र प्रहरीलाई गणमा तानिएको छ।

स्थानीय व्यापारी तथा नागरिकहरूले डिएसपी पौडेलको नेतृत्वमा अनावश्यक रूपमा सामान जफत गर्ने, दुःख दिने र बारम्बार हैरानी गर्ने गतिविधि भइरहेको गुनासो गरेका थिए। उक्त घटना सार्वजनिक भएसँगै सशस्त्र प्रहरी बलले आन्तरिक छानबिन अघि बढाएको बताइएको छ।

स्रोतका अनुसार घटनाको गम्भीरता ध्यानमा राख्दै डिएसपी पौडेलबाहेक गुल्ममा कार्यरत अन्य ३३ जना सशस्त्र प्रहरीलाई जिल्ला तानेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो। डिएसपी पौडेल भने हाल पनि जिम्मेवारीमै रहेको जनाइएको छ।

यस घटनाले स्थानीय स्तरमा सुरक्षा निकायप्रति प्रश्न उठाएको छ भने निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न मागसमेत बढ्दै गएको छ।सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूले घटनाबारे सत्यतथ्य पत्ता लगाई आवश्यक कारबाही गरिने बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय,कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार […]

दाङ । गढवा न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी र नागरिक समाजको दायित्वलाई सकेसम्म संवेदनशील, परिणाममुखी अनि सशक्त बनाउने आधार तयार रहेको नेपाल प्रहरी प्रमुख एवम् महानिरीक्षक दानबहादुर कार्कीले उद्घोष गरेका छन् । दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत ईलाका प्रहरी कार्यालय गढवाको परिसरमा बिहीबार दिउँसो आयोजित सभालाई कार्कीले सम्बोधन गरेका थिए । इलाका प्रहरी कार्यालय गढवा, […]

दाङ । सरकारले हालै सरकारी विज्ञापनलाई सरकारी सञ्चार माध्यममा मात्र प्रकाशित र प्रसारित गर्ने निर्णय गरेको छ । यो निर्णयले सम्पूर्ण निजी सञ्चार क्षेत्रलाई आर्थिक रूपमा मात्र होइन, नैतिक तथा व्यावसायिक रूपमा पनि गम्भीर धक्का दिएको छ । यो कदम स्वच्छाचारी मात्र होइन, लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रत्यक्ष प्रहार हो । यसले मुलुकलाई स्वतन्त्र पत्रकारिताबाट वञ्चित गर्दै […]

error: Content is protected !!