२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कपिलवस्तुको महाराजगंजमा हिन्दु र मुस्लिम समुदायबीचको विवाद चर्किन नदिन निषेधाज्ञा जारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०७, २०८२

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा कुनै पनि किसिमको भेला गर्न, सभा, जुलुश तथा प्रदर्शन गर्न निषेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी सूचनामा जनाइएको छ ।

महाराजगन्जको वडा नं। २ र ३ को सीमा क्षेत्रमा मुस्लिमको ईद र हिन्दुहरुको नवरात्र मनाउने क्रममा उत्पन्न विवाद बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मुस्लिम समुदायले नवाज पढिरहेका बेला हिन्दुहरूले दुर्गा माताको पूजा गर्दै भजनको आवाज चर्को बनाएपछि विवाद बढेको थियो।

केही मुस्लिम पक्षका मानिसले भजनको आवाज घटाएपछि दुई पक्षबीच झडप भएको थियो। झडपमा प्रहरी, हिन्दु र मुस्लिम समुदायका तर्फबाट एक बालकसहित कुल ६ जना घाइते भएका छन्। प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार घटना नियन्त्रणमा लिन ७ राउन्ड अश्रु ग्यास प्रहार गरिएको थियो।

प्रहरीले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। विवाद साम्य पार्न व्यापक प्रहरी परिचालन गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]