२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

४ जिल्लामा देखियो बर्डफ्लु,१ लाख १३ हजार पन्छीहरु नष्ट,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र २३, २०८२

काठमाडौं । चैत ४ गते मोरङको सुन्दरहरैचा-४ र उर्लाबारी-८ बाट फैलिएको बर्डफ्लु(एच-फाइभ एन-वान) विभिन्न ४ वटा जिल्लाका २३ वटा फार्ममा फैलिएको छ ।

पशु सेवा विभागका अनुसार सुनसरीमा सबैभन्दा बढी १२ वटा कुखुरा फार्म प्रभावित भएका छन् । त्यस्तै मोरङमा ८, झापामा २ र चितवनको एउटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको हो ।

शनिबारसम्मको तथ्यांकअनुसार सबै फार्ममा गरी १ लाख १३ हजार ६ सय ८ कुखुरा तथा हाँस नष्ट गरिएको छ । त्यस्तै २ लाख ११ हजार ८ सय ६७ वटा अण्डा र २५ हजार ८ सय किलो दाना पनि नष्ट गरिएको छ । नष्ट गरिएका पन्छीमध्ये ८५ प्रतिशत लेयर प्रजातिका कुखुरा रहेको छ ।

विभागकी सूचना अधिकारी वरिष्ठ पशु विकास अधिकृत डा. इन्दिरा शर्माले अन्य जिल्लामा संक्रमण फैलिन नदिन आवश्यक सबै कदम चालिएको बताइन् । उनले तीनै तहको सरकारका सरोकारवाला निकायसँगको समन्वयमा रोकथाम र नियन्त्रणका कदम चालिरहेको बताइन् ।

बर्डफ्लु संक्रमणको मुख्य कारकका रूपमा विभागले विभिन्न पहिचानसमेत गरेको छ । विभागका अनुसार फार्मनजिकै रहेका अग्ला रुखहरू जंगली चारहरूको बासका लागि उपयुक्त छन् । जहाँका चराहरू फार्ममा पालिएका कुखुरा, हाँसलगायतका पन्छीहरूको सम्पर्कमा आउने भएका कारण पनि संक्रमण फैलिएको हुन सक्ने विभागको आकलन छ ।

त्यसैगरी फार्महरू सिमसार क्षेत्रको नजिक रहेको,  मानक जैविक सुरक्षामा ध्यान नदिँदा, सवारी साधन र आगन्तुकहरूको अनियन्त्रित आवतजावत र अण्डा राख्ने क्रेटहरूलाई उचित रूपमा निसंक्रमण नगरी पुनः प्रयोग गर्नु र एउटै व्यक्तिले पर्याप्त सुरक्षात्मक उपायबिना जीवित कुखुरा र कुखुराको मासुको व्यापार गर्नु पनि संक्रमण फैलिने कारण हुन सक्ने विभागले जनाएको छ ।

किसानले कसरी पाउँछन् क्षतिपूर्ति ?

विभागकी सूचना अधिकारी डा. इन्दिरा शर्माले किसानले ‘बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको राहतसम्बन्धी मापदण्ड’ २०७९ अनुसार राहत पाउने बताइन् ।

क्षतिपूर्ति बजारमूल्यअनुसार निर्धारण हुन्छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने दररेट निर्धारण समितिको सिफारिसका आधारमा क्षतिको ७५ प्रतिशतसम्म किसानले राहत पाउने व्यवस्था रहेको छ ।

बर्ड फ्लु कुखुरा, हाँसलगायतका पन्छीमा लाग्ने संक्रामक भाइरल घातक रोग मानिन्छ । संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्क, फोहोर वा संक्रमित सामग्रीमार्फत यो रोग फैलिन सक्ने र दुर्लभ अवस्थामा मानिसमा पनि संक्रमण हुन सक्ने पशु चिकित्सकहरू बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका जमुनाहा भएकाले यहाँ लामो समयदेखि अनौपचारिक रूपमा भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही हुँदै आएको छ। *कहाँ-कहाँ हुन्छ:* जमुनाह नाका, न्यूरोड, त्रिभुवन चोक, बसपार्क, सदरलाइन र सीमा आसपासका पसल, होटल, सुनचाँदी पसल र कतिपय किराना पसलमै पनि खुलेआम बोर्ड नराखी सटही गर्ने गरेको पाइन्छ। १०० भारु […]

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

error: Content is protected !!