१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

मोरङमा नक्कली कारोबार गर्ने गिरोहहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ १६, २०७६

(एबिसी संचार)
विराटनगर माघ १६ मोरङ प्रहरीले अर्काको नाममा बैंक खाता खोलेर अनलाइन सपिङको नाममा ठगि गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ । लामो अनुसन्धानपछि प्रहरीले नेपाल र भारतका बैंकमा अर्कैको नाममा खाता खोलेर सेवाग्राहीलाई ठग्नेलाई नियन्त्रणपछि सार्वजानिक गरेको हो ।
मोरङ प्रहरीका उपरीक्षक विश्व अधिकारीका अनुसार पक्राउ पर्नेमा खोटाङ जन्तेढुंगा गाउँपालिका–४ का शिवजी खड्का, देवी चौलागाँई, मोरङ सुन्दरहरैंचा–३ निरन्जनप्रसाद आचार्य, धरान उपमहानगर–२० निवासी भावना राई, धरान–५ निवासी सरिता परियार, वर्षा कार्की, सानु गौतम र लक्ष्मी कार्की छन् ।
उनीहरुले नेपालका ७८ र भारतीय १४ बैंकमा नक्कली खाता खोलेर अनलाइन सपिङको नाममा ठगि गर्दै आएको खुलेको छ ।
प्रहरीले मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगि मुद्दा, बैकिङ कसुर, सरकारी छाप कागजात किर्ते, नागरिकता ऐन अन्तर्गत दोहोरो नागरिकता सम्बन्धि मुद्दा र संगठित अपराध निवारण ऐन २०७० बमोजिमको मुद्दामा अनुसन्धान गरिरहेको छ ।
गिरोहका सदस्यहरुले आफ्नो फोटो टाँसेर अर्काको नागरिकता प्रयोग गरि बैंकको खाता खोल्ने गरेको देखिएको छ । मोरङका प्रहरी उपरीक्षक अधिकारीका अन्ुसार नक्कली खाता बैंक खोलेको प्रमाण र एटिएम, विभिन्न व्यक्तिको नाम उल्लेखित नागरिकतासहितका कागजात र रकम उनीहरुबाट बरामद गरिएको छ ।
विद्युतीय सामाग्रीको अनलाइन सपिङका लागि फेसबुक पेज निर्माण गर्ने र सामान माग्ने सेवाग्राहीलाई रकम जम्मा गराएर सामान नदिने गरेका थिए । यसरी पत्तै नपाई बैंक खाता खोलिएका पीडितहरुको उजुरीका आधारमा उनीहरु पक्राउ परेका हुन् ।
विभिन्न व्यक्तिको नाममा खोलिएका बैंक खातामा रकम जम्मा गराउने गरेको पाइएको छ । अनुसन्धानका क्रममा त्यसरी जम्मा भएको रकम ठगि गर्ने समुहका सदस्यहरुले झिक्ने र सम्बन्धित धनीले पत्तै नपाउने गरेका थिए ।
संलग्न निरन्जन प्रसाद आचार्यले फेसबुक पेज बनाउने र सस्तो मूल्यमा समाग्रीहरु बिक्रीका लागि ग्राहकसँग अनलाइनमा ड्रिल गर्दै आएका थिए । ग्राहकसँग सहमति भएपछि पैसा पठाउनका लागि बैंकमा विभिन्न व्यक्तिको नागरिकता राखेर खाता खोल्ने जम्मा भएको रकम झिक्ने गरेको पाइएको छ ।
ठगिको गिरोहका समुहमा रहेकामध्ये वर्षा कार्की, सानु गौतम र लक्ष्मी कार्कीको राख्ने गरिएपनि नागरिकता भने अर्कैको राखिने गरिएको पाइएको छ । बैंकमा जम्मा भएको रकम निकाल्नका लागि शिवजी खड्का र देवी चौलागाई खटिदै आएका थिए ।
प्रहरीले विभिन्न व्यक्तिलाई ठगि गरिएर लिइएको ६७ लाख ९९ हजार ७५० रुपैँया रकम नेपालका २५ र भारतका ५ वटा बैंकका एटिएम कार्ड, विभिन्न बैंकका ५८ वटा चेकबुक बरामद गरेको छ ।
यसैगरी नेपालीसँगै भारतीय नागरिक समेत यो कार्यमा संलग्न रहेको देखिइको छ । भारतीय बेस्ट बाई कम्पनिका एजेन्ट मिश्रा राजुभाई, राजाराम त्रिपाठी, राजेश विश्वास, जुहेब हुसेन, मेलानो कम्पनिका हसन फैसल अली वर्षा अमित थडानी, नमु श्रीकान्त, अंकिता थमन, कुनाल थमन, रनदप्रसाद साह र राजा सोमसहितका भारतीय नागरिकसँगको मिलेमतोमा ठगि गर्दै आएको प्रहरीको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!