३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

मोरङमा नक्कली कारोबार गर्ने गिरोहहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ १६, २०७६

(एबिसी संचार)
विराटनगर माघ १६ मोरङ प्रहरीले अर्काको नाममा बैंक खाता खोलेर अनलाइन सपिङको नाममा ठगि गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ । लामो अनुसन्धानपछि प्रहरीले नेपाल र भारतका बैंकमा अर्कैको नाममा खाता खोलेर सेवाग्राहीलाई ठग्नेलाई नियन्त्रणपछि सार्वजानिक गरेको हो ।
मोरङ प्रहरीका उपरीक्षक विश्व अधिकारीका अनुसार पक्राउ पर्नेमा खोटाङ जन्तेढुंगा गाउँपालिका–४ का शिवजी खड्का, देवी चौलागाँई, मोरङ सुन्दरहरैंचा–३ निरन्जनप्रसाद आचार्य, धरान उपमहानगर–२० निवासी भावना राई, धरान–५ निवासी सरिता परियार, वर्षा कार्की, सानु गौतम र लक्ष्मी कार्की छन् ।
उनीहरुले नेपालका ७८ र भारतीय १४ बैंकमा नक्कली खाता खोलेर अनलाइन सपिङको नाममा ठगि गर्दै आएको खुलेको छ ।
प्रहरीले मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगि मुद्दा, बैकिङ कसुर, सरकारी छाप कागजात किर्ते, नागरिकता ऐन अन्तर्गत दोहोरो नागरिकता सम्बन्धि मुद्दा र संगठित अपराध निवारण ऐन २०७० बमोजिमको मुद्दामा अनुसन्धान गरिरहेको छ ।
गिरोहका सदस्यहरुले आफ्नो फोटो टाँसेर अर्काको नागरिकता प्रयोग गरि बैंकको खाता खोल्ने गरेको देखिएको छ । मोरङका प्रहरी उपरीक्षक अधिकारीका अन्ुसार नक्कली खाता बैंक खोलेको प्रमाण र एटिएम, विभिन्न व्यक्तिको नाम उल्लेखित नागरिकतासहितका कागजात र रकम उनीहरुबाट बरामद गरिएको छ ।
विद्युतीय सामाग्रीको अनलाइन सपिङका लागि फेसबुक पेज निर्माण गर्ने र सामान माग्ने सेवाग्राहीलाई रकम जम्मा गराएर सामान नदिने गरेका थिए । यसरी पत्तै नपाई बैंक खाता खोलिएका पीडितहरुको उजुरीका आधारमा उनीहरु पक्राउ परेका हुन् ।
विभिन्न व्यक्तिको नाममा खोलिएका बैंक खातामा रकम जम्मा गराउने गरेको पाइएको छ । अनुसन्धानका क्रममा त्यसरी जम्मा भएको रकम ठगि गर्ने समुहका सदस्यहरुले झिक्ने र सम्बन्धित धनीले पत्तै नपाउने गरेका थिए ।
संलग्न निरन्जन प्रसाद आचार्यले फेसबुक पेज बनाउने र सस्तो मूल्यमा समाग्रीहरु बिक्रीका लागि ग्राहकसँग अनलाइनमा ड्रिल गर्दै आएका थिए । ग्राहकसँग सहमति भएपछि पैसा पठाउनका लागि बैंकमा विभिन्न व्यक्तिको नागरिकता राखेर खाता खोल्ने जम्मा भएको रकम झिक्ने गरेको पाइएको छ ।
ठगिको गिरोहका समुहमा रहेकामध्ये वर्षा कार्की, सानु गौतम र लक्ष्मी कार्कीको राख्ने गरिएपनि नागरिकता भने अर्कैको राखिने गरिएको पाइएको छ । बैंकमा जम्मा भएको रकम निकाल्नका लागि शिवजी खड्का र देवी चौलागाई खटिदै आएका थिए ।
प्रहरीले विभिन्न व्यक्तिलाई ठगि गरिएर लिइएको ६७ लाख ९९ हजार ७५० रुपैँया रकम नेपालका २५ र भारतका ५ वटा बैंकका एटिएम कार्ड, विभिन्न बैंकका ५८ वटा चेकबुक बरामद गरेको छ ।
यसैगरी नेपालीसँगै भारतीय नागरिक समेत यो कार्यमा संलग्न रहेको देखिइको छ । भारतीय बेस्ट बाई कम्पनिका एजेन्ट मिश्रा राजुभाई, राजाराम त्रिपाठी, राजेश विश्वास, जुहेब हुसेन, मेलानो कम्पनिका हसन फैसल अली वर्षा अमित थडानी, नमु श्रीकान्त, अंकिता थमन, कुनाल थमन, रनदप्रसाद साह र राजा सोमसहितका भारतीय नागरिकसँगको मिलेमतोमा ठगि गर्दै आएको प्रहरीको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई केन्द्रमा तान्ने तयारी काठमाडौं । बुधबार साउन २८ गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई केन्द्रमा तानेको थियो । लगत्तै प्रहरी प्रधान कार्यालयले पनि एसपी राणालाई केन्द्र बोलाउने तयारी गरेको हो । गृहको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले एसपी राणालाई तान्न लागेको जनाइएको छ । गएको शुक्रबार (साउन […]

दाङ । नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशन बाट प्रदेश उपाध्यक्ष पदमा मलाई सर्वसहमत निर्वाचित गराउनको लागि पहल गर्नुहुने नेपाली कांग्रेस का मेरा अभिभावक नेतागणहरू नेपाल किसान महासंघका सम्पूर्ण निकायका कार्यसमितिका साथिहरू नेपाली कांग्रेस केन्द्र देखी इकाई कमिटी सम्मका मेरा अग्रज एवं साथीहरू नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि साथीहरू र मलाई विभिन्न […]

मेष – गृहकार्य तथा पारिवारिक दायित्व पूरा गर्न संयमता आवश्यक छ। असावधानीले क्षति गराउन सक्छ । वृष – स्वास्थ्य अनुकूल रहनेछ। अप्रत्याशित लाभका सम्भावना छन्, जसले आर्थिक पक्ष सुदृढ पार्नेछ। मिथुन – साहित्य, कला वा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। पुराना मित्रसँग स्नेहिल भेटघाट हुनसक्छ। कर्कट – मन प्रशन्न रहनेछ, जीवनका सुखद क्षणहरूको अनुभव गर्न पाउनुहुनेछ। […]

error: Content is protected !!