२७ साउन २०८२, मंगलबार
12-08-2025 , Tue
×

फागुन ७ गते नेपाल बन्दको घोषणा

Logo
प्रकाशित बिहिबार, माघ १६, २०७६

काठमाडौँ केपी ओली नेतृत्वको सरकारले अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै नेपाल बन्दको आह्वान गरिएको छ । नेपाल सरकार र अमेरिकाबीच भएको उक्त सम्झौता राष्ट्रघाती भएको र सम्झौता कार्यान्वयन भए नेपालीभूमी विदेशी सेनाको सैन्य अखडा हुने भन्दै फागुन ७ गते नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपाल बन्दको आयोजना गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेपाल बन्दको आयोजना गरेको हो । शान्तिप्रक्रियापछि तत्कालिन माओवादी नेतृत्वले जनतालाई धोका दिएको र जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने भन्दै केशवले नेकपा माओवादी पार्टी गठन गरेका हुन् । उनले हालै जनसमुदायलाई सम्बोधन गरेर एक विज्ञप्तिजारी गर्दै नेपाल बन्दको घोषणा गरेका छन् ।
पार्टी अध्यक्ष केशवले माघदेखि चरणबद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । जसअनुसार माघ १५ गते अन्तरक्रिया कार्यक्रम, माघ १६ सहिद सप्ताह मनाउने र एमसीसीको भण्डाफोर गर्ने, माघ २१ प्रधानमन्त्री र मन्त्रीहरुको पुत्ला दहन गर्ने, माघ २७ गते मशाल जुलुस बताइएको छ ।
‘ओली-प्रचण्ड’ सरकारविरुद्ध विप्लवले गरे नेपाल बन्दको घोषणा
त्यसैगरी फागुन १ गते जनयुद्ध दिवस मनाउने र फागुन ७ गते नेपाल बन्द गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै एमसीसीको बिरुद्धमा अन्य साना राजनीतिक दलहरुले समेत संघर्षका कार्यक्रमहरु तय गरेका छन् । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, गोपाल किराती नेतृत्वको एकीकृत माओवादी केन्द्र, मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मशाललगायतका अन्य पार्टीहरुले पनि एमसीसी बिरुद्ध विभिन्न संघर्षका कार्यक्रम तय गरेका छन् ।
यस्तै विप्लव नेतृत्वको बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले पनि एमसीसी बिरुद्ध विभिन्न संघर्षका कार्यकर्म तय गरेको छ । नेकपाले फागुन १ गते देशव्यापीरुपमा जनयुद्ध दिवश बनाउने र त्यस लगत्तै एमसीसी बिरुद्ध चरणबद्ध कडा कार्यक्रम ल्याउने घोषणा गरेको छ ।
नेकपाले ओली नेतृत्वको सरकारले नेपाललाई अमेरिकी सैन्य अखडा बनाउन दिने एमसीसी सम्झौतामा आँखा चिम्लेर सहमति जनाएर राष्ट्रघात गरेको भन्दै कडा बिरोध जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग […]

नेपालगन्जको मुख्य बजारमा छाडा सुंगुरको बिगबिगी ठुलो दुर्घटनाको उच्च जोखिम खतरा, बाँके । नेपालगञ्जका मुख्य सडक र चाेकहरुमा छाडा छोडिएका पशु चौपायाको बिगबिगी । सवारीसाधनहरु गुड्ने र मानिस हिंड्ने सडकमा यसरी छाडा छोडिएका पशु चौपायाहरुले हुनसम्म समस्या पारेका छन् । यसैका कारण विशेषगरी सवारीसाधन दुर्घटना भएर जनधनको क्षति हुने प्रवल सम्भावना देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिका […]

शस्त्र प्रहरी बलले २ जना एसएसपीलाई विभागीय कारबाही गर्‍यो काठमाडौं । कारबाहीमा परेकामध्ये मानव स्रोत शाखामा कार्यरत प्रवीण कँडेल र संयुक्त राष्ट्रसंघको सुडान शान्ति मिसनमा कार्यरत रहँदा यौन हिंसामा संलग्न भएको आरोप लागेका रविन्द्रराज कर्णजित रहेका छन्। सशस्त्र प्रहरी नियमावली २०७२ को दफा १०८ अनुसार कँडेललाई नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको आरोपमा कारबाही गरिएको हो। […]

error: Content is protected !!