२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

तुल्सीपुर महोत्सवमा हाउसफुल टंक बुढाथोकी लगाएतको प्रस्तुती शुक्रबार दुर्गेश थापा आउने

Logo
प्रकाशित बिहिबार, माघ १६, २०७६

(शरद रेग्मी) दाङ माघ १६ आज सरस्वती पुजा । विभिन्न विद्यालयहरु र सरस्वती मन्दीरहरुमा विद्याकि देवी सरस्वती पुजिएजस्तै तुलसीपुर महोत्सवमा पनि सरस्वती पुजिएकि छिन् । कार्यक्रम सन्चालिका उमादेवी लामिछानेले ‘जयजय सरस्वती, कोटिकोटी नमस्कार’ वोलको भजन गाइरहंदा महोत्सवमा सहभागी विद्यार्थिहरु, महिला तथा बृद्धबृद्धाहरु छमछमी नांचेर भजनमा साथ दिए ।
लगत्तै दाङकै चर्चित कलाकार तथा पत्रकार देवेन्द्र बस्नेतले मन्च सम्हाले । आफ्ना स्वर्गिय बुवा कृष्णप्रसाद बस्नेतको सम्झनामा उनैले लेखेको गितका शव्दलाइ परीमार्जन गरी गाइएको अर्को गितले पनि दर्शकहरुलाइ नंचाएको थियो । ‘चिलबस्यो टुप्पैमा, भयो भेट तुलसीपुर चोकैमा दिलबस्यो रुपैमा वोलको गितमा धेरै कलाकर्मिहरुले साथ दिए । ‘फुलैको भर लाग्ने, च्वास्स विझ्ने कांडैको डरलाग्ने’ चुडकिलाले युवतीहरुलाइ झस्काएको थियो ।
विहिवार महोत्सवमा मनविनाको धनठुलोकि, धनविनाको मन सव्दको गित गाउने चर्चित कलाकार टंक बुढाथोकिले दर्शकहरुलाइ नंचाए भने अशोक दर्जी, एसआर बुढाथोको आमा भन्दा राम्रि कोइछैन सन्सारमा बोलको गितले पनि दर्शकहरुलाइ भरपुर मनोरन्जन दिएको थियो भने प्रेम प्रकाश वलीको ओखर कांचो छ भन्ने वोलको गित पनि कम्ति रोचक बनेन ।
भिड अत्यन्तै भएपछि केहिवेर टिकट विक्रि ब्रेक भयो । थरीथरीका सवै स्टलहरु भरीभराउ थिए । पांच सय बढि सवै स्टलमा कोहिन कोहि क्रेताको उपस्थीति बक्लो देखिन्थ्यो । थारुसमुदायको ढिक्रि र घोघिदेखि नेवार समुदायको नेवारी परीकार योमरी र मासको वाराले पनि दर्शकहरुलाइ भरपुर लोभ्याएको थियो । चक्कु चुलेसीदेखि स्काभेटर सम्म महोत्सवका विभिन्न स्थलहरुमा व्यवस्थापन गरिएको
छ ।
त्यसैगरी सवैभन्दा बढि भिड वालउद्धान्नमा देखिएको छ । हजारौले वालउद्धान्नमा मनोरन्जन लिइरहेको र प्राविधिक सुरक्षा मज्वुत बनाइएको वाल उद्धान व्यवस्थापन उपसमितिका संयोजक देव वहादुर केसीले बताए । वालउद्धान्नमा प्लाष्टिक पोखरीमा वाल स्वीमिङपुलदेखि सहासीक खेलहरु समेत समावेश छन् ।
करिव पचास भन्दा बढि वालखेलहरु महोत्सवस्थलमा व्यवस्थापन गरिएका छन् । रोटरीको रक्तदान रोटरी क्लव अफ तुलसीपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा दुइदर्जन भन्दा बढिले रक्तदान गरेको क्लवका अध्यक्ष तथा तुलसीपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष देव वहादुर केसीले जानकारी दिए ।
रोटरीको आयोजना गरेको रक्तदानको प्राविधिक व्यवस्थापन नेपाल रेडक्रस सोसायिटिले गरीरहेको रेडक्रस सोसायिटि दाङका विश्राम अधिकारीले जानकारी दिए । तुलसीपुरमा हुने रगतको अभावलाइ यसले सहज बनाउने रेडक्रसले अपेक्षा गरेको छ । महोत्सवमा स्वास्थ्य
समवेदनशिलतालाइ मध्यनजरगरी महोत्सवस्थलमै प्रार्थ्मिक स्वास्थ्य शिविर र एम्वुलेन्सको पनि व्यवस्थापन गरीएको महोत्सव मुल आयोजक समिति तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुप वहादुर खत्रीले बताएका छन् ।
हेलिकोप्टरमा दिनभरी उडान प्याक यसैबीच महोत्सव स्थलमा ल्याइएको हेलिकोप्टर भोलि सुक्रवार सम्म पनि प्याक हुने देखिएको छ । विशेषगरी मनोरन्जन र पर्यटनलाइ जोडेर हेलिकोप्टर सेवाको व्यावस्थापन गरिएको महोत्सव मुल आयोजक निर्देशन समितिका निर्देशक
विमल रिजालले बताएका छन् ।
हेलिकोप्टरबाट तुलसीपुर बजार परीक्रमा गर्न प्रतिव्यक्ति ४ हजार, स्वर्गद्धारी सम्मको यात्राकालागी १५ हजार, धारापानीको पाण्डवेश्वर मन्दीरसम्मकालागी ९ हजार, पुरन्धारा छहराकालागी ९ हजार, खैरावाङ भगवतीको दर्शनकालागी १५ हजार, कविण्डे दहकालागी २० हजार, रारा दहकालागी ६० हजार रुपैया र एक घण्टाको चार्टर फ्लाइटकालागी १ लाख ७० हजार रुपैया शुल्क तोकिएको आयोजक समितिका संयोजक विर वहादुर रावतले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]