२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

‘दुल्लू र भैरवीका २० वटै वडामा समान बजेट बिनियोजन गरीएको छ’ सांसद थापा

Logo
प्रकाशित बिहिबार, माघ १६, २०७६

भावना हमाल
दैलेख माघ १६ कर्णाली प्रदेश सभाका सदस्य सुशिल कुमार थापाले आफ्नो प्रदेश क्षेत्र अन्तर्गत पर्ने २० वटै वडामा समान बजेट बिनियोजन गरेको बताएका छन् ।चालू आर्थिक वर्ष २०७६÷०७७ को विनियोजित बजेटबाट प्रदेशसभा क्षेत्रको पूर्वाधार विकास कार्यक्रमबारे दुल्लूमा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गर्दै उनले आफ्नो पहलमा प्रदेश सरकारबाट समान हिसाबले बजेट विनियोजन गरेको बताएका हुन ।
‘निर्वा्चित भएदेखि आफ्नो निर्वाचन क्षेत्रका समस्यालाई प्रदेश सरकारका विभिन्न निकायसंग समन्वय गर्दै सहजीकरण गर्दै आएको छु,’ उनले भने, ‘दुल्लू र भैरवीका सबै बस्तीमा आवश्यकता एवं समानताका आधारमा योजना समावेश गरिएको छ ।’ प्रदेशसभा सदस्य थापाले समयमै योजना सम्पन्न गर्न स्थानीय तह र प्रदेश सरकारका कार्यालयहरुलाई निर्देशन समेत दिए ।
प्रदेशसभा क्षेत्र २ (क) मा चालु आर्थिकमा पूर्वाधार विकास कार्यक्रमको नियमित बजेट र आफ्नो पहलमा ल्याएका १४ वटा सडक, २१ वटा विद्यालय, ३२ वटा सिचाइँ योजना, २२ वटा खानेपानी योजना र ३ वटा सडक पुल निर्माणका लागि ५५ करोड बढी रकम परेको सांसद थापाले जानकारी दिए । थापाले माथिल्लो डुंगेश्वर , बैंक, दूल्लू ,डाडीमाडी हुँदै ब्याउली सडकमा १ करोडको काम भइसकेको र १ करोड ५० लाख बजेटमा निर्माण अघि बढेको बताए ।
उनका अनुसार बैक–छिउडी–रातीमाटा सडक कालोपत्रेका लागि २ करोड, किर्तीखम्ब–पटांगिनी–­पौवा, घियातिदु–सडक कालोपत्रेका लागि ३ करोड, चगत्रा–डाडीमाडी–कुसापानी सडक कालोपत्रेका लागि ३ करोड ५० लाख विनियोजन गरिएको छ । बजेटमा सडक, खानेपानी, सिचाई, कृषि र शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले संघ, प्रदेश र स्थानीय सरकारबाट परेका विकास योजना पारदर्शी र गुणस्तरीयता कायम गर्न प्रयास गरिएको भन्दै उपभोक्ता, ठेकेदार र समुदायको पनि इमान्दारिता जरुरी हुने बताए । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले तीनै तहका सरकारका योजना छनौट स्थानीय आवश्यकताकै आधारमा छनौट भएका बताए ।
बजेट बाँडफाँड जनप्रतिनिधिहरुबाट भएको, योजनाहरुको अनुगमन तथा मूल्यांकन प्रभावकारी रुपमा गरिरहेको पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख रामआशिष दासको भनाई थियो । कार्यक्रममा दुल्लू् नगरपालिकाका उप–प्रमुख बिष्णु थापा र भैरवी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी बिष्टले लक्षित समुदायका लागि स्थानीय तहले सम्पादन गरेका विक

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!