२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

‘दुल्लू र भैरवीका २० वटै वडामा समान बजेट बिनियोजन गरीएको छ’ सांसद थापा

Logo
प्रकाशित बिहिबार, माघ १६, २०७६


भावना हमाल
दैलेख माघ १६ कर्णाली प्रदेश सभाका सदस्य सुशिल कुमार थापाले आफ्नो प्रदेश क्षेत्र अन्तर्गत पर्ने २० वटै वडामा समान बजेट बिनियोजन गरेको बताएका छन् ।चालू आर्थिक वर्ष २०७६÷०७७ को विनियोजित बजेटबाट प्रदेशसभा क्षेत्रको पूर्वाधार विकास कार्यक्रमबारे दुल्लूमा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गर्दै उनले आफ्नो पहलमा प्रदेश सरकारबाट समान हिसाबले बजेट विनियोजन गरेको बताएका हुन ।
‘निर्वा्चित भएदेखि आफ्नो निर्वाचन क्षेत्रका समस्यालाई प्रदेश सरकारका विभिन्न निकायसंग समन्वय गर्दै सहजीकरण गर्दै आएको छु,’ उनले भने, ‘दुल्लू र भैरवीका सबै बस्तीमा आवश्यकता एवं समानताका आधारमा योजना समावेश गरिएको छ ।’ प्रदेशसभा सदस्य थापाले समयमै योजना सम्पन्न गर्न स्थानीय तह र प्रदेश सरकारका कार्यालयहरुलाई निर्देशन समेत दिए ।
प्रदेशसभा क्षेत्र २ (क) मा चालु आर्थिकमा पूर्वाधार विकास कार्यक्रमको नियमित बजेट र आफ्नो पहलमा ल्याएका १४ वटा सडक, २१ वटा विद्यालय, ३२ वटा सिचाइँ योजना, २२ वटा खानेपानी योजना र ३ वटा सडक पुल निर्माणका लागि ५५ करोड बढी रकम परेको सांसद थापाले जानकारी दिए । थापाले माथिल्लो डुंगेश्वर , बैंक, दूल्लू ,डाडीमाडी हुँदै ब्याउली सडकमा १ करोडको काम भइसकेको र १ करोड ५० लाख बजेटमा निर्माण अघि बढेको बताए ।
उनका अनुसार बैक–छिउडी–रातीमाटा सडक कालोपत्रेका लागि २ करोड, किर्तीखम्ब–पटांगिनी–­पौवा, घियातिदु–सडक कालोपत्रेका लागि ३ करोड, चगत्रा–डाडीमाडी–कुसापानी सडक कालोपत्रेका लागि ३ करोड ५० लाख विनियोजन गरिएको छ । बजेटमा सडक, खानेपानी, सिचाई, कृषि र शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले संघ, प्रदेश र स्थानीय सरकारबाट परेका विकास योजना पारदर्शी र गुणस्तरीयता कायम गर्न प्रयास गरिएको भन्दै उपभोक्ता, ठेकेदार र समुदायको पनि इमान्दारिता जरुरी हुने बताए । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले तीनै तहका सरकारका योजना छनौट स्थानीय आवश्यकताकै आधारमा छनौट भएका बताए ।
बजेट बाँडफाँड जनप्रतिनिधिहरुबाट भएको, योजनाहरुको अनुगमन तथा मूल्यांकन प्रभावकारी रुपमा गरिरहेको पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख रामआशिष दासको भनाई थियो । कार्यक्रममा दुल्लू् नगरपालिकाका उप–प्रमुख बिष्णु थापा र भैरवी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी बिष्टले लक्षित समुदायका लागि स्थानीय तहले सम्पादन गरेका विक

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!