१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेटमा वडा १३ र २२ विजयी

Logo
प्रकाशित बिहिबार, माघ १६, २०७६

नेपालगन्ज माघ १६   युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेटमा वडा क्रिकेटमा १३ र २२ विजयी
वडा नम्बर १३ र २२ ले नेपालगन्जमा जारी युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेटमा जित हासिल गरेका छन । वडा नम्बर १३ ले वडा नम्बर २१ लाई ४ विकेट पराजित गरेको छ ।
मंगलप्रसाद उच्च माविको खेल मैदानमा जितेर व्याटिङ गरेको वडा नम्बर २१ ले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३४ रन बनाएको थियो । टोलीका लागि अजमल बेहनाले ३५ रन, पुष्कर बर्माले १८ रन र शिव राज पालले १६ रन जोडे । १३ नम्बर वडाका शसी रञ्जन कर्णले ३ विकेट र अंकुर सिहले २ विकेट लिए । जवाफमा १३ नम्बरले १६.३ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य हासिल गरेको थियो । टोलीका लागि प्रतिक गिरीले ४७ रन, प्रशान्त श्रेष्ठले २९ रन र बिशाल डाँगीले १७ रन जोडेका थिए । २१ नम्बरका शिव राज पाल र कर्मट खानले समान २–२ विकेट लिएका थिए ।
खेलमा प्रतिक गिरी म्यान अफ द म्याच र शसी रंञ्जन कर्णले म्याजिकल मुभमेन्टको पुरस्कार पाए ।
अर्को खेलमा वडा नम्बर २२ ले वडा नम्बर १९ माथि सहजै ५७ रनको जित निकालेको छ । टस जितेर ब्याटिङ गरेको २२ नम्बर वडाले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २७ रन जोडेको थियो । टोलीका लागि रबिस बर्माले ३१ रन, इमरान दर्जीले २० रन र राकेश वर्माले १९ रन बनाए । १९ नम्बरका दिपेन्द्र जैसवाल र साकार विष्टले २–२ विकेट लिएका थिए । जवाफी ब्याटिङमा १९ नम्बर वडाले २० ओभरमा ५ विकेटको नोक्सानीमा ७० रनमात्र बनाउन सक्यो । टोलीका अमर बहादुर थापाले १८ र दिपेन्द्र जैसवालले १५ रन बनाए । २२ नम्बरका रबिश बर्माले २ विकेट र उदेश सहानीले १ विकेट लिए । खेलमा
रबिस बर्मा म्यान अफ द म्याचबाट पुरस्कृत भए । त्यस्तै इमरान दर्जीले म्याजिकल मुभमेन्टको पुरस्कार पाए । उत्कृष्ट खेलाडीलाई नेपालगन्ज उपमहानगरपालिका २२ नम्बर वडा अध्यक्ष विद्याराम बर्मा, २१ नम्बर वडा अध्यक्ष रंजित खाँले पुरस्कार दिएका थिए ।
ग्रुप अफ– १६ क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) वर्षाका कारण बिहीबार रद्द भएको आयरल्याण्ड ए र नेपाल ‘ए’ बीचको टी–२० क्रिकेट आज हुँदैछ । बिहीबार दिउँसो १ बजेका लागि तय भएको टी–२० सिरिजको पहिलो खेल वर्षाका कारण रोकिएको थियो । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले खेल रद्द गर्दै पुनः खेलतालिका सार्वजनिक गरेको थियो । आजको खेल पनि त्रिवि मैदानमा दिउँसो […]

(एबिसि संचार ) नेपाल भ्रमणमा रहेको पाउना टोली आयरल्यान्ड ‘ए’ टिम नेपाली राष्ट्रिय टोलीसँग दुवै मैत्रीपूर्ण खेलमा पराजित भएको छ। पहिलो खेलमा ६ विकेटको जित निकालेको नेपालले मंगलबार भएको दोस्रो खेलमा ७१ रनको फराकिलो जित निकालेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो।१९९ रनको चुनौतीपूर्ण […]

(एबिसि संचार ) दुई टी–२० अभ्यास खेलअन्तर्गत नेपाललेआज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ । नेपालका रोहित पौडेल र आयरल्यान्डका निल रकको कप्तानीमा खेल दिउँसो १ बजे कीतिपुरस्थित क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० […]