०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेटमा वडा १३ र २२ विजयी

Logo
प्रकाशित बिहिबार, माघ १६, २०७६

नेपालगन्ज माघ १६   युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेटमा वडा क्रिकेटमा १३ र २२ विजयी
वडा नम्बर १३ र २२ ले नेपालगन्जमा जारी युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेटमा जित हासिल गरेका छन । वडा नम्बर १३ ले वडा नम्बर २१ लाई ४ विकेट पराजित गरेको छ ।
मंगलप्रसाद उच्च माविको खेल मैदानमा जितेर व्याटिङ गरेको वडा नम्बर २१ ले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३४ रन बनाएको थियो । टोलीका लागि अजमल बेहनाले ३५ रन, पुष्कर बर्माले १८ रन र शिव राज पालले १६ रन जोडे । १३ नम्बर वडाका शसी रञ्जन कर्णले ३ विकेट र अंकुर सिहले २ विकेट लिए । जवाफमा १३ नम्बरले १६.३ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य हासिल गरेको थियो । टोलीका लागि प्रतिक गिरीले ४७ रन, प्रशान्त श्रेष्ठले २९ रन र बिशाल डाँगीले १७ रन जोडेका थिए । २१ नम्बरका शिव राज पाल र कर्मट खानले समान २–२ विकेट लिएका थिए ।
खेलमा प्रतिक गिरी म्यान अफ द म्याच र शसी रंञ्जन कर्णले म्याजिकल मुभमेन्टको पुरस्कार पाए ।
अर्को खेलमा वडा नम्बर २२ ले वडा नम्बर १९ माथि सहजै ५७ रनको जित निकालेको छ । टस जितेर ब्याटिङ गरेको २२ नम्बर वडाले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २७ रन जोडेको थियो । टोलीका लागि रबिस बर्माले ३१ रन, इमरान दर्जीले २० रन र राकेश वर्माले १९ रन बनाए । १९ नम्बरका दिपेन्द्र जैसवाल र साकार विष्टले २–२ विकेट लिएका थिए । जवाफी ब्याटिङमा १९ नम्बर वडाले २० ओभरमा ५ विकेटको नोक्सानीमा ७० रनमात्र बनाउन सक्यो । टोलीका अमर बहादुर थापाले १८ र दिपेन्द्र जैसवालले १५ रन बनाए । २२ नम्बरका रबिश बर्माले २ विकेट र उदेश सहानीले १ विकेट लिए । खेलमा
रबिस बर्मा म्यान अफ द म्याचबाट पुरस्कृत भए । त्यस्तै इमरान दर्जीले म्याजिकल मुभमेन्टको पुरस्कार पाए । उत्कृष्ट खेलाडीलाई नेपालगन्ज उपमहानगरपालिका २२ नम्बर वडा अध्यक्ष विद्याराम बर्मा, २१ नम्बर वडा अध्यक्ष रंजित खाँले पुरस्कार दिएका थिए ।
ग्रुप अफ– १६ क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल हो। विश्वका अरबौँ मानिसहरू प्रत्येक चार वर्षमा आयोजना हुने फुटबल विश्वकपको प्रतीक्षामा बस्ने गर्छन्। सन् २०२६ को विश्वकप नजिकिँदै जाँदा नेपालमा पनि फुटबलप्रेमीहरूको उत्साह बढ्दै गएको छ। विभिन्न स्थानमा विश्वकप हेर्नका लागि ठूला पर्दा, विशेष कार्यक्रम र प्रचारप्रसारका तयारी भइरहेका छन्। तर एउटा गम्भीर प्रश्न भने अझै पनि अनुत्तरित छ—हामी […]

दाङ । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको लुम्बिनी, डोल्पो, यौङ स्टार मैत्रिपूर्ण फुटबल खेल घोराहीमा भव्य रुपमा सम्पन्न भएको छ। पोखरा स्थित योङ स्टार, काठमाडौं स्थित डोल्पो क्लब, घोराही स्थित लुम्बिनी फुटबल एकेडेमी बीच १३ वर्ष र १६ वर्ष मुनिका खेलाडीहरू बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!