काठमाडौं । अर्घाखाँचीका तत्कालीन डिएसपी दिवस जिसीमाथि तीन वर्षअघिको एउटा अनुसन्धानमा लापरबाही गरेको आरोपमा छानबिन शुरु भएको छ ।
२०८० साउन २६ गते भएको अर्घाखाँचीको भूमिकास्थान ७ का ४५ वर्षीय पदम केसीको मृत्यु प्रकरणमा लापरबाही भएको जनाउँदै जिसीमाथि छानबिन थालिएको हो ।
त्यतिबेला हातहतियार खरखजाना भवितव्यमा अनुसन्धान गरिएको उक्त मुद्दामा हालका अर्घाखाँची प्रहरी प्रमुख रहेका डिएसपी दिवस जिसी नेतृत्वको टोलीले ज्यानसम्बन्धी कसुरअन्तरगत अनुसन्धान गर्दा पक्राउ परेका मृतकका दाइ निमबहादुर केसीलाई अर्घाखाँची जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएको छ ।
अनुसन्धानमा लापरबाही गरेको देखिएपछि उनीमाथि छानबिन गर्न एसएसपी दिपक पोखरेलको नेतृत्वमा समिति गठन गरिएको थियोे । जन आस्था