प्रकशित मिति : २० माघ २०७६, सोमबार ०९:००

बाँके। नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई वटा सेमिफाइनल खेल हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल २२ नम्बर वडाले ८ नम्बर वडा सग प्रतिस्पर्धा गर्दै छ। दोश्रो सेमिफाइनल खेल ५ नम्बर वडा र १३ नम्बर वडाले खेल्नेछन । यी ४ वटै समूह बलियो मानिएका छन् । फाइनल खेल शनिबार हुने प्रतियोगिता संयोजक तरुण बज्राचार्यले बताए । ग्रुप अफ– १६ क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउनेछ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com