२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके ट्राफिकले स्पिड कंट्रोल गर्न ३ ठाँउमा राख्यो (ब्यारीकेडर)

Logo
प्रकाशित बिहिबार, माघ २३, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँके माघ २३ जिल्ला ट्राफिक प्रहरी बाँके कोहलपुरले सवारी दुर्घटना र तिब्र स्पिड कंट्रोल गर्नलाई रोड ब्यारीकेडर राखेको छ।
बाँके ट्राफिक प्रहरीले बिहीबार कोहलपुरको चपरगौरीमा स्कुललाई मध्यनजर गर्दै ३ वटा ब्यारीकेडर राखेको छ। त्यस्तै नेपालगन्ज कोहलपुर सडक खण्डको गनापुर चोकमा पनि ३ वटा ब्यारीकेडर राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिएका छन् ।
ट्राफिक प्रमुख बमका अनुसार राखिएका ब्यारीकेडरले दुर्घटना र सवारीलाई स्पिड कंट्रोल गर्नमा मदत पुग्ने छ। बिहीबार दुई स्थानहरुमा राखिएका ब्यारीकेडरलाई बागेश्वरी सिमेन्टले सहयोग गरेको ट्राफिक प्रमुख बमले जानकारी दिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना कम गर्न विभिन्न अभियानको थालनीमा आज ब्यारीकेडर राखेको र बाँके जिल्लाको धेरै ठाँउहरुमा राख्ने बाँके ट्राफिक प्रमुख बमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!