३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

राष्ट्रिय जनमोर्चा देउखुरीको अगुवा कार्यकर्ता भेला घोराहीमा सम्पन्न

Logo
प्रकाशित शुक्रबार, माघ २४, २०७६

सागर थापा दाङ माघ २३ राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको भेकलाको उदघाटन केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपालिले मैनबत्ती बारेल गर्नु भयो । आगामी फागुन महिनामा गणतन्त्र , राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौ ! संगठनात्मक अभियान सफल पारौ भन्ने नाराका साथ सम्पन्न हुने संगठनात्मक अभियानको तयारीका लागि भेला सम्पन्न भएको हो । भेलाले फागुन महिनामा पार्टीको सम्पुर्ण शक्ति संगठन निर्माणमा लगाउने र देशमा ब्याप्त भ्रष्टाचार , अनियमितता को बिरोध गर्दै mcc र सिमा अतिक्रमणका विरुद्ध जनतालाइ सुसूचित गर्दै आम जनता लाई पार्टीको सदस्यता प्रदान गर्ने र संगठित गर्ने योजना तर्जुमा गरेको छ । सम्पुर्ण जिल्ला लाई आठ भागमा बिभाजन गरि अभियान चल्ने र उक्त अभियान को उदघाटन फागुन को १ गते गरिने भएको छ । जिल्ला अध्यक्ष गणेश आचार्य को अध्यक्षतामा भएको भेलामा केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपाली पुर्ब केन्द्रिय सल्लाहकार सुरेश थापा केन्द्रिय सदस्य कमला जि सि प्रदेश सदस्य रेशम बि सि अखिल नेपाल युवक संघ का पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल ने क पा मसाल जिल्ला प्रबक्ता भरत भण्डारी ले मन्तब्य राख्नु भएको थियोे । जिल्ला सचिब वसन्त पौडेल को संचालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य जिल्ला कोषाध्यक्ष स्यामलाल पोख्रेलले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]