२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

घोराही बनाउँ अभियान र ग्रेड बुद्ध एकेडेमी बीच सहुलियतमा ३० जना विद्यार्थी पढाउने सहमति,

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ ०७, २०८३

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको ग्रेड बुद्ध एकेडेमी र घोराही बनाउ अभियानबीच ३० जना विद्यार्थीहरूलाई सहुलियतमा प्लस टु पढाउने सहमति भएको छ। एसइइ पास गरेका विद्यार्थीहरूमध्ये १० जना विपन्न वर्गका, १० जना दलित र १० जना जनजाति समुदायका विद्यार्थीहरूलाई सहुलियतमा कक्षा ११ र १२ पढाउने सहमति भएको हो। ग्रेट बुद्ध एकेडेमीका प्रिन्सिपल निमानन्द गैरे र घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले यस्तो सहमति गर्नुभएको हो । एसइइ पास गरेका विद्यार्थीहरूले ग्रेट बुद्धमा साइन्स र म्यानेजमेन्ट विषयमा पढ्न चाहेमा वार्षिक ५ हजार रुपैयाँमा विद्यार्थीहरूले पढ्न पाउनेछन् ।उनीहरुले कक्षा १२ मा पनि ५००० नै तिर्नुपर्नेछ। यसरी पढेका विद्यार्थीहरूले थप रकम तिर्नुपर्ने छैन । यस विषयमा एकेडेमीका प्रिन्सिपल निमानन्द गैरेले नारायणपुर वरपरका अधिकांश क्षेत्रमा बसोबास गरिरहेका दलित, जनजाति अनि अन्य समुदायका समेत निम्न आय स्रोत भएका घरपरिवार भएकाले घोराही बनाउ अभियानसँग सहकार्य गरेर यस्तो योजना ल्याइएको बताउनुभयो । प्रिन्सिपल गैरेले विद्यार्थी अनि अभिभावकहरुलाई यो योजना अन्तर्गत विद्यार्थी पढाउन चाहेमा विद्यालयमा वा घोराही बनाउ अभियानसँग सम्पर्क गर्न अनुरोध गर्नुभयो । प्रिन्सिपल गैरेले निजी विद्यालयहरूमा अत्यधिक महँगो शुल्क रहेको आम बुझाइ भएकाले विपन्न समुदायका छोराछोरीहरू पनि आफूहरूको विद्यालयमा पढ्न सकुन् भनेर यस प्रकारको योजना ल्याइएको जानकारी दिनुभयो । यता घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले एकेडेमीलाई धन्यवाद दिँदै उच्च शिक्षा पढ्न चाहने तर आर्थिक अभावका कारण समस्याग्रस्त विद्यार्थीहरूका लागि विद्यालयकै अग्रसरतामा आफूहरुले सहकार्य गरेको बताउनुभयो । प्रियासनका अनुसार रकम नै तिर्न नसक्ने केही विद्यार्थीहरूका लागि समेत घोराही बनाउँ अभियानले व्यवस्थापन गर्नेछ । यस विषयमा केही बुझ्नुपर्नेमा प्रियासनको ९८५७८३०३४३ र गैरेको ९८४७८४११९१ नम्बरमा फोन गरेर बुझ्न सकिनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी ३० गण हेक्टर बागेश्वरी बाँकेमा गणपति एसपी भिम चन्द आएदेखि बाँके जिल्लाभरमा सशस्त्र प्रहरी सम्पूर्ण युनिटलाई निर्देशन दिदै लागूऔषध अबैध चोरी तस्करीमा कडा निगरानी गर्न निर्देश समेत दिएका छ्न । साथै सशस्त्र प्रहरी बल नेपाल ३० गण एसपी चन्दको सक्रियतामा मुख्य सिमानामा सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुरहरु प्रहरी जस्तै दिनहुँ चेकजाँच […]

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

error: Content is protected !!