१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

घोराही बनाउँ अभियान र ग्रेड बुद्ध एकेडेमी बीच सहुलियतमा ३० जना विद्यार्थी पढाउने सहमति,

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ ०७, २०८३

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको ग्रेड बुद्ध एकेडेमी र घोराही बनाउ अभियानबीच ३० जना विद्यार्थीहरूलाई सहुलियतमा प्लस टु पढाउने सहमति भएको छ। एसइइ पास गरेका विद्यार्थीहरूमध्ये १० जना विपन्न वर्गका, १० जना दलित र १० जना जनजाति समुदायका विद्यार्थीहरूलाई सहुलियतमा कक्षा ११ र १२ पढाउने सहमति भएको हो। ग्रेट बुद्ध एकेडेमीका प्रिन्सिपल निमानन्द गैरे र घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले यस्तो सहमति गर्नुभएको हो । एसइइ पास गरेका विद्यार्थीहरूले ग्रेट बुद्धमा साइन्स र म्यानेजमेन्ट विषयमा पढ्न चाहेमा वार्षिक ५ हजार रुपैयाँमा विद्यार्थीहरूले पढ्न पाउनेछन् ।उनीहरुले कक्षा १२ मा पनि ५००० नै तिर्नुपर्नेछ। यसरी पढेका विद्यार्थीहरूले थप रकम तिर्नुपर्ने छैन । यस विषयमा एकेडेमीका प्रिन्सिपल निमानन्द गैरेले नारायणपुर वरपरका अधिकांश क्षेत्रमा बसोबास गरिरहेका दलित, जनजाति अनि अन्य समुदायका समेत निम्न आय स्रोत भएका घरपरिवार भएकाले घोराही बनाउ अभियानसँग सहकार्य गरेर यस्तो योजना ल्याइएको बताउनुभयो । प्रिन्सिपल गैरेले विद्यार्थी अनि अभिभावकहरुलाई यो योजना अन्तर्गत विद्यार्थी पढाउन चाहेमा विद्यालयमा वा घोराही बनाउ अभियानसँग सम्पर्क गर्न अनुरोध गर्नुभयो । प्रिन्सिपल गैरेले निजी विद्यालयहरूमा अत्यधिक महँगो शुल्क रहेको आम बुझाइ भएकाले विपन्न समुदायका छोराछोरीहरू पनि आफूहरूको विद्यालयमा पढ्न सकुन् भनेर यस प्रकारको योजना ल्याइएको जानकारी दिनुभयो । यता घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले एकेडेमीलाई धन्यवाद दिँदै उच्च शिक्षा पढ्न चाहने तर आर्थिक अभावका कारण समस्याग्रस्त विद्यार्थीहरूका लागि विद्यालयकै अग्रसरतामा आफूहरुले सहकार्य गरेको बताउनुभयो । प्रियासनका अनुसार रकम नै तिर्न नसक्ने केही विद्यार्थीहरूका लागि समेत घोराही बनाउँ अभियानले व्यवस्थापन गर्नेछ । यस विषयमा केही बुझ्नुपर्नेमा प्रियासनको ९८५७८३०३४३ र गैरेको ९८४७८४११९१ नम्बरमा फोन गरेर बुझ्न सकिनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]