१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा आधारभूत तालिम लिइरहेका ८ जना प्रशिक्षार्थी अचानक अस्वस्थ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ ०८, २०८३

कैलाली । टीकापुरस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा आधारभूत तालिम लिइरहेका आठ जना प्रशिक्षार्थी अचानक अस्वस्थ भएपछि उपचारका लागि उद्धार गरिएको छ।

सशस्त्र प्रहरीको राजश्व, भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालयमा प्रशिक्षणका क्रममा उनीहरू बेहोस भएको जनाइएको छ। अस्वस्थ हुनेमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार बेहोस भएका मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। बेहास अवस्थाका प्रशिक्षार्थीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रशासनले जनाएको छ।

उनीहरू सशस्त्र प्रहरी जवानको आधारभूत तालिममा सहभागी प्रशिक्षार्थी रहेको बताइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]