१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

जिल्ला प्रशासन कार्यालयले हुलाक मार्फत सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु,

Logo
Abc Sanchar प्रकाशित शनिबार, जेठ ०९, २०८३

जुम्ला । जिल्लाका आठवटै स्थानीय तहमा हालसम्म १४९ वटा थान राहदानी घरमै सेवाग्राहीको घरमै पुर्‍याइएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिए ।

प्रशासन कार्यालय र हुलाक कार्यालय जुम्लाबीच सेवाग्राहीको राहदानी घरमै पुर्‍याउनका लागि भएको सम्झौताअनुसार गत वैशाख २४ गते ६१ थान राहदानी हल्काराबाट घरमै पुगेर प्रदान गरिएको छ ।

यसैगरी वैशाख २८ गते १९ वटा र यही जेठ ५ गते २५ वटा राहदानी घरमै पुर्‍याइएको छ ।

गत चैत १३ गते सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत जिल्लामा पहिलो पटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गर्ने लागिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको भनाइ छ ।

जिल्ला हुलाक कार्यालयमार्फत सम्बन्धित राहदानी धनीको घरमै पुर्‍याउने व्यवस्था गरिएको छ । राहदानी बुझ्दा अनिवार्य रूपमा आफ्नो पहिचान खुल्ने आधिकारिक सरकारी कागजात (नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली) साथमा राख्नुपर्नेछ ।

कुनै अन्य व्यक्तिमार्फत राहदानी बुझ्नुपर्ने भएमा सम्बन्धित व्यक्तिको एकाघरको नाता खुल्ने कागजातसमेत साथमा आवश्यकपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

हुलाक कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशदत्त रावलले हुलाकमार्फत राहदानी बुझिलिनेसम्बन्धी प्रशासनसँग सम्झौता भएको छ ।

नागरिकको राहदानी घरमै वितरणका लागि हुलाक कार्यालयले हल्कारामार्फत बढीमा तीन दिनभित्र सेवाग्राहीको घरमै सुरक्षित रूपमा पुर्‍याउने हुलाक कार्यालय जुम्लाले जनाएको छ ।

राहदानी लिन सदरमुकामसम्म धाउनुपर्ने अवस्था रहेकामा सो अवस्थाको अन्त्य गर्दै नागरिकलाई घरदैलोमा नै पुर्‍याउने गरी सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]