३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

सशस्त्र प्रहरीको डीआईजीमा पाँचजनाको बढुवा भएको छ

Logo
प्रकाशित शुक्रबार, माघ २४, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं माघ २४ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीबाट ५ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्। बढुवा हुनेमा कृष्णभक्त ब्रम्हाचार्य, वंशीराज दाहाल, हरिशंकर बुढाथोकी, इन्जिनियर किशोर प्रधान र राजेन्द्र बस्नेत छन्।
गृह सचिवको अध्यक्षतामा सशस्त्र प्रहरी महानिरीक्षक सदस्य र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सदस्य सचिव रहेको बढुवा सिफारिस समितिको बैठकले बढुवाको निर्णय गरेको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अजयकुमार छत्कुलीले जानकारी दिए।
यसैबीच, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट नायव महानिरीक्षकमा पदोन्नति भएका ५ जनालाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]

काठमाडौं । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित […]