१४ जेठ २०८३, बिहिबार
28-05-2026 , Thu
×

तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, जेठ १३, २०८३

बाँके । दिउँसोपख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सडक सुनसान जस्तै देखिन थालेका छन् । गर्मी बढेसँगै उखुको जुस र लस्सी पाउने ठाउँमा सेवाग्राहीको घुइँचो बढ्न थालेको हो ।

जल तथा मौसम विज्ञान विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार पश्चिम तराइका सबैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्रि सेल्सियस वा त्यो नजिक पुगेको छ । पछिल्लो समय तराईका जिल्लामा अत्यधिक गर्मी बढदै गएको र यसले सबैभन्दा बढी विद्यालयका बालबालिका, दैनिक काम गर्ने श्रमिक बढी प्रभावित भएका उहाँले बताउनुभयो ।

गर्मीले जनजीवन प्रभावित बनाइरहेका बेला विद्युत् आपूर्तिमा समेत कठिनाइ झेल्नुपर्दा सास्ती खेपिरहनुपरेको नेपालगञ्जका शिवदत्त भट्टले बताउनुभयो । गर्मीमा शितल बनाउने उपकरण बढी चलाउँदा भार थाम्न नसकेर  प्रसारण लाइनमा समस्या देखिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैदेशिक रोजगार विभागले आफ्नो नाम दुरुपयोग गर्दै फोनमार्फत ध’म्की दिने र न’क्कली अनुगमन गर्ने व्यक्तिहरूप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ। विभागले स्पष्ट पारेको छ आधिकारिक अनुगमनमा खटिने कर्मचारीहरू विभागको पत्र र परिचयपत्रसहित मात्रै आउने गर्छन्। यदि कसैले “विभागको कर्मचारी हुँ” भन्दै धम्’की दिने, पैसा माग्ने वा अनधिकृत अनुगमन गर्ने प्रयास गरे तुरुन्त […]

सल्यानमा नयाँ प्रहरी प्रमुख डिएसपी दिपक पातली र पत्रकारबीच अन्तरक्रिया, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानमा सरुवा भएर आउनुभएका *प्रहरी नायव उपरीक्षक दिपक पातली* र जिल्लामा सक्रिय पत्रकारहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा डीएसपी पातलीले जिल्लाको शान्ति-सुरक्षा, अपराध नियन्त्रण र जनतामैत्री प्रहरी सेवाबारे आफ्नो कार्ययोजना सुनाउनुभएको छ। साथै, पत्रकारहरूले स्थानीय तहमा देखिएका […]

बाँके । नेपालगन्जमा चल्ने हजारौं ई-रिक्सा व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय बाँके र नेपालगन्ज उप-महानगरपालिकाले संयुक्त रूपमा दर्ता अनिवार्य गरेको छ। एसपी अङ्गुर जिसीको नेतृत्वमा शान्ति-सुरक्षा र ट्राफिक व्यवस्थापन कडा पारिएको हो । *अनिवार्य दर्तासम्बन्धी मुख्य नियमहरू:* *1. दर्ता अनिवार्य* – नेपालगन्ज उप-महानगरपालिकाले सबै ई-रिक्सालाई दर्ता गर्ने निर्णय गरेको छ। – नगरपालिकाका अनुसार नेपालगन्ज र […]

error: Content is protected !!