१४ जेठ २०८३, बिहिबार
28-05-2026 , Thu
×

इच्छुकको योगदानप्रति सबै सजक बन्नुपर्नेमा जोड : भालुवाङमा राप्ती प्रेस मञ्चले मनायो इच्छुक स्मृति,

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, जेठ १४, २०८३

दाङ । भालुवाङको पूर्वी देउखुरी भालुवाङमा महान् सांस्कृतिक सहिद कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस एक औपचारिक कार्यक्रम गरेर मनाइएको छ । बुधबार बिहान राप्ती प्रेस मञ्चको आयोजना तथा कृष्णसेन इच्छुक स्मृति पार्क निर्माण समितिको सहआयोजनामा राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकस्थित इच्छुकको शालिकमा फूलमाला अर्पण गरी स्मृति दिवस मनाइएको हो ।

मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता एवम् वरिष्ठ कवि अहमद अब्दुल रउफको प्रमुख आतिथ्यताका साथै नागरिक समाज दाङका संयोजक निमबहादुर थापाको विशिष्ट आतिथ्यतामा स्मृति कार्यक्रम सम्पन्न गरिएको हाे ।

इच्छुकका समकालीन सहपाठी वरिष्ठ कवि अब्दुल रउफले इच्छुकले समाज परिवर्तनका लागि साहित्यलाई संघर्षको माध्यम बनाएको उल्लेख गरेका छन् । इच्छुकका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । “इच्छुकले देखाएको बाटो केवल पत्रकारिताको बाटो होइन, त्यो सामाजिक न्याय, समानता र परिवर्तनको बाटो हो,” रउफले चर्चा गरे । “आजको पुस्ताले इच्छुकका विचारलाई व्यवहारमा उतार्न सके मात्रै उनीप्रतिको सच्चा सम्मान हुनेछ,” रउफले उल्लेख गरे ।

नागरिक समाज दाङका संयोजक निमबहादुर थापाले सहिदहरूको योगदानलाई राज्यले उचित सम्मान गर्न नसकेको गुनासो गरेका छन् । थापाले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा रहेको इच्छुकको शालिक तथा पुर्ख्यौली घरलाई एउटा व्यवस्थित सहिद पार्कका रूपमा विकास गर्न सरकार गम्भीर हुनुपर्ने धारणा प्रस्तुत गरेका छन् ।

स्मृति कार्यक्रमका अन्य वक्ताहरूहरूले पत्रकारिता, साहित्य र प्रगतिशील सांस्कृतिक आन्दोलन मार्फत नेपाली समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका उनै इच्छुकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । बोल्ने वक्ताहरूले इच्छुकले देखाएको परिवर्तनको सपना पूरा गर्नु आजको पुस्ताको दायित्व भएको बताएका छन् ।

वक्ताहरूले कृष्णसेन इच्छुक केवल साहित्यकार वा पत्रकार मात्र नभई नेपाली समाजमा आमूल परिवर्तनकारी क्रान्तिका एक साहसी र निडर योद्धा भएको उल्लेख गरेका छन् । आफ्नो लेखनकला, विचार र सांस्कृतिक अभियानमार्फत उत्पीडित वर्गको आवाज बुलन्द बनाएको सम्झना गर्दै वक्ताहरूले वर्तमान पुस्ताले पनि अन्याय, विभेद र विकृतिका विरुद्ध कलम चलाउन डराउन नहुने धारणा राखेका छन् ।

वक्ताहरूले पछिल्लो समय ‘जेञ्जी आन्दोलन’ को नाममा सार्वजनिक सम्पत्तिमाथि भएको तोडफोडप्रति पनि गम्भीर आपत्ति व्यक्त जनाएका छन् ।

विशेषगरी सहिदहरूको शालिकमाथि भएको तोडफोडप्रति आक्रोश व्यक्त गर्दै दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्न सरकार समक्ष माग गरिएको छ । वक्ताहरूले इतिहास मेटाउने प्रयास कुनैपनि हालतमा स्वीकार्य नहुनेमा आफ्नो अडान राखेका छन् ।

वक्ताहरूले लोकतन्त्र, प्रेस स्वतन्त्रता र सामाजिक न्यायका पक्षमा आवाज उठाउने व्यक्तिहरूलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । पत्रकारिता क्षेत्रमा बढ्दो चुनौती हुँदाहुँदै पनि सत्य र न्यायको पक्षमा उभिन पत्रकारहरू अझ जिम्मेवार बन्नुपर्नेतर्फ आवाज बुलन्द गरेका थिए । कार्यक्रममा सहभागीहरुद्वारा इच्छुकको शालिकमा फूलमाला चढाउँदै श्रद्धाञ्जली व्यक्त गरिएको थियोे ।

त्यसैगरी नागरिक समाज देउखुरीका पूर्व संयोजक दामोदर भण्डारी, राप्ती उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जगतप्रसाद पोख्रेल, समाजसेवी तथा बुद्धिजीवी लालमणि शर्मा, शिक्षक तथा साहित्यकार जिवराज शर्मा, गोरखा आइडियल स्कुलका प्रधानाध्यापक बसन्त बहादुर पुन तथा मञ्चका प्रमुख संरक्षक महेश रिजाल लगायतले इच्छुकका बारेमा आआफ्नो बिचार राखेका थिए ।

मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए । कार्यक्रममा इच्छुकका समकालीन साथीहरू, साहित्यकार, पत्रकार, उद्योगी व्यवसायी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । अभ्यासको उद्देश्य: – बाढी र डुबानको घटनामा छिटो र प्रभावकारी रूपमा उद्धार गर्न सक्ने क्षमता बढाउनु – गोताखोर टोली, रेस्क्यु डोरी, लाइफ ज्याकेट र डुङ्गाको प्रयोगमा दक्षता अभ्यास गर्नु – स्थानीय तह, रेडक्रस र समुदायसँग समन्वय गरेर विपद् प्रतिकार्यलाई व्यवस्थित बनाउनु सशस्त्र प्रहरीले यस्ता अभ्यास बाँकेका नदी किनारका जोखिमयुक्त क्षेत्रमा नियमित रूपमा गर्दै […]

काठमाडौं । नेपाल सरकार र मन्त्री फेरिए, तर नीतिलाई देखाएर हुने बेथिति रोकिएन। कारबाही हुनुपर्ने ठाउँमा पहुँच, स्वार्थ र मिलेमतोका आधारमा मनपरी गतिविधिलाई छुट दिइयो। त्यसकै परिणामस्वरूप व्यवसायी, अवैध कन्सल्टेन्सी र बिचौलिया समूहहरू यही कमजोरीको दुरुपयोगमा झन् डुब्दै गए। यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा खर्बौँ रुपैयाँ बराबरको क्षतिका रूपमा परिसकेको छ। नीति भनेको हिजोभन्दा आज […]

काठमाडौं । *के भएको थियो:* जेनजी आन्दोलनको क्रममा भदौ २४ गते तीनकुनेमा प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरी बर्दी खोल्न लगाएर कुटपिट गरेका थिए। केही प्रहरीले ज्यान जोगाउन बागमती नदीमा हामफाल्नुपरेको थियो। *कारबाहीको अवस्था:* 1. *गौतम घिसिङ पक्राउ* काठमाडौं प्रहरी परिसरले भिडियो फुटेजको आधारमा गौतम घिसिङलाई पक्राउ गरेको छ। उनले प्रहरीमाथि आक्रमण गरेर जबरजस्ती बर्दी खोल्न लगाएको […]

error: Content is protected !!