१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

संकट व्यवस्थापनदेखि शान्तिपूर्ण निर्वाचनसम्म : आईजीपी दानबहादुर कार्कीमाथि आरोप कति न्यायोचित छ ?

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ १४, २०८३

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल, सार्वजनिक बहस तथा विभिन्न राजनीतिक वृत्तमा नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि जेनजेड आन्दोलनका घटनालाई लिएर विभिन्न आरोप लगाउने क्रम बढेको छ । तर घटनाको समग्र सन्दर्भ, तत्कालीन कमाण्ड संरचना तथा त्यसपछिका संस्थागत सुधार र नेतृत्व भूमिकालाई हेर्दा वर्तमान नेतृत्वमाथि मात्र दोष थोपर्नु न्यायोचित नहुने तर्क पनि उठिरहेको छ ।

सुरक्षा स्रोतहरूका अनुसार तत्कालीन एआईजी कार्की २०८२ भदौ २३ गतेको घटनाका बेला उपत्यका प्रहरी कार्यालयको प्रत्यक्ष कमाण्डमा थिएनन् । उनी २४ भदौमा मात्रै तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको निर्देशनपछि जिम्मेवारी सम्हाल्न परिचालित भएका थिए । स्रोतका अनुसार विषम र चुनौतीपूर्ण परिस्थितिमा केही उच्च प्रहरी अधिकारीहरू कमाण्ड लिन इच्छुक नदेखिएको अवस्थामा कार्कीले जिम्मेवारी स्वीकार गरेका थिए ।

आन्दोलन उत्कर्षमा पुगेको समयमा देशभर तनावपूर्ण अवस्था सिर्जना भएको थियो । प्रहरी संरचनामाथि आक्रमण, सरकारी सम्पत्तिमा क्षति तथा सुरक्षाकर्मीमाथि दबाब बढिरहेको अवस्थामा कार्कीले न्यूनतम बल प्रयोग गर्दै अवस्था नियन्त्रणमा राख्न निर्देशन दिएको सुरक्षा वृत्तमा चर्चा हुने गरेको छ ।

आन्दोलनपछि नेपाल प्रहरी संगठनभित्र मनोबलमा गिरावट तथा संगठनप्रतिको अविश्वास चुनौतीका रूपमा देखिएको थियो । त्यसपछि आईजीपी कार्कीले संगठन सुधार, जवानहरूको मनोबल अभिवृद्धि तथा जनउत्तरदायी प्रहरी सेवाको अवधारणालाई अघि बढाउने प्रयास गरेको बताइन्छ ।

प्रहरी वृत्तमा संगठनभित्र अनुशासन, एकता तथा सेवा भावलाई पुनर्जीवित गराउने प्रयास सकारात्मक रूपमा हेरिएको छ । आधुनिक प्रहरी सेवातर्फ संगठनलाई उन्मुख गराउने अभियानलाई पनि महत्वका साथ लिइएको छ ।

यसैबीच, राजनीतिक संक्रमण र अस्थिरताकै बीच सम्पन्न २०८२ फागुन २१ गतेको निर्वाचनलाई विश्लेषकहरूले तुलनात्मक रूपमा शान्तिपूर्ण र व्यवस्थित निर्वाचनका रूपमा व्याख्या गरेका छन् । २०७९ सालको निर्वाचनमा विभिन्न स्थानमा हिंसा, घाइते, मतदान स्थगन तथा पुनः मतदानका घटना भएका थिए । तर २०८२ को निर्वाचनमा त्यस्ता गम्भीर घटना न्यून देखिएको सुरक्षा निकायहरूको दाबी छ ।

सुरक्षा निकायहरूबीचको समन्वय, सुधारिएको सुरक्षा रणनीति तथा नेपाल प्रहरीको परिचालनले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन भूमिका खेलेको विश्लेषण गरिएको छ ।

विश्लेषकहरूका अनुसार कुनै पनि आन्दोलन, हिंसा वा मानवीय क्षतिका घटनाको निष्पक्ष छानबिन हुनुपर्छ । तर समग्र परिस्थिति र त्यसपछिका सुधारात्मक योगदानलाई बेवास्ता गर्दै वर्तमान नेतृत्वमाथि मात्र सम्पूर्ण दोष थोपर्ने प्रवृत्तिले प्रहरी संगठनको मनोबलमा असर पार्न सक्ने उनीहरूको भनाइ छ ।

उनीहरूका अनुसार संकटपछिको अवस्थामा संगठनलाई पुनः व्यवस्थित बनाउने, आधुनिक प्रहरी सेवातर्फ उन्मुख गराउने तथा तुलनात्मक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउने नेतृत्व भूमिकाको पनि वस्तुनिष्ठ मूल्यांकन आवश्यक छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]