१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

११ वर्षदेखि फ्री भिसा फ्री टिकट नीति कागजमा मात्र वैदेशिक रोजगार अवैध गतिविधिको घेरामा,

Logo
ABC (भन्डाफोर) प्रकाशित बिहिबार, जेठ १४, २०८३

काठमाडौं । नेपाल सरकार र मन्त्री फेरिए, तर नीतिलाई देखाएर हुने बेथिति रोकिएन। कारबाही हुनुपर्ने ठाउँमा पहुँच, स्वार्थ र मिलेमतोका आधारमा मनपरी गतिविधिलाई छुट दिइयो। त्यसकै परिणामस्वरूप व्यवसायी, अवैध कन्सल्टेन्सी र बिचौलिया समूहहरू यही कमजोरीको दुरुपयोगमा झन् डुब्दै गए।

यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा खर्बौँ रुपैयाँ बराबरको क्षतिका रूपमा परिसकेको छ। नीति भनेको हिजोभन्दा आज सुधारिँदै जानुपर्ने विषय हो, तर यहाँ उल्टै हिजोभन्दा आज बेथिति बढ्दै गएको देखिन्छ।

जब राज्य संयन्त्र भ्रष्ट हुन्छ, जब सरकारले व्यवहारिक अवस्था बुझ्दैन, तब देश, श्रमिक र अर्थतन्त्र सबै घाटा र बेथितिको सिकार भइरहन्छन्।

आज सबैभन्दा ठूलो प्रश्न यही हो — यो देशमा साँच्चै पारदर्शी को छ ? पारदर्शिता बिना समृद्धि कसरी सम्भव हुन्छ ? नियम एउटा र व्यवहार अर्कै भइरहँदा विश्वासको वातावरण कसरी बन्छ ?

वैदेशिक रोजगार र रेमिट्यान्स नेपालको अर्थतन्त्रको प्रमुख आधार हो। तर यही क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन नसके यसको असर केवल श्रमिकमा मात्र होइन, समग्र सरकारमाथि नै पर्न सक्छ। समयमै सुधार, स्पष्ट नीति र व्यवहारिक व्यवस्थापन गर्न नसके वर्तमान सरकार समेत क्रमशः आलोचनाको भुमरीमा फस्दै जाने निश्चित छ।

रेमिट्यान्सनै हाइज्याक भईरहेको अहिलेको परिस्थितिलाई सरकारले कुन रुपमा बुझेको छ ? बुझेको छैन भने देश बन्दैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]