काठमाडौं । प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले एसएसपीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् ।
सरुवा सूची अनुसार काठमाडौँ र ललितपुरका प्रहरी प्रमुखहरू पनि फेरिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा दिलिप घिमिरेलाई ल्याइएको छ । घिमिरे प्रहरी प्रधान कार्यालय स्थित मानवश्रोत विकास विभागमा कार्यरत थिए।
काठमाडौँका एसएसपी रमेश थापालाई प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा गरिएको छ ।
ललितपुर परिसरमा तुल बहादुर कार्कीलाई ल्याइएको छ । ललितपुरमा कार्यरत होबिन्द्र बोगटीको प्रधान कार्यालय स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको प्रमुखमा सुवास चन्द्र बोहरालाई पठाइएको छ ।