काठमाडौं । सरकारले भूमि समस्या समाधान समिति अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै समितिको सदस्य पदमा अमीरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मनीति सोती (लमजुङ)र डा.रोहना श्रेष्ठ (काठमाडौं) नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मीत पोखरेलले जानकारी दिए ।
यसअघि सरकारले अध्यादेश जारी गरेर भूमि आयाेग खारेज गरेकाे थियाे ।