२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

गर्मीमा के खाने के न खाने ?

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ १९, २०८३

काठमाडौं । अहिले गर्मीको समय छ । तापक्रम बढेर नयाँ नयाँ किर्तिमान कायम गर्दैछ । गर्मी जति बढेपनि कामकाजी मानिसहरुले गर्मीको बेवास्ता गरेरै काम गर्नुपर्ने हुन्छ । यस्तोमा सरीरमा पानीको कमी हुने अर्थात् डिहाइड्रेसन हुने लगायतका विभिन्न खाले संक्रमण तथा स्वास्थ्य समस्या देखिन सक्छन् । डिहाइड्रेसनको खतरा गर्मी याममा निकै बढि हुने भएकाले आफ्नो खानपिनको आदतमा विशेष ध्यान दिन र जिउको रोगप्रतिरोधी क्षमता बढाइराख्न विशेषज्ञहरुले सल्लाह दिने गरेका छन् ।

पोषण विज्ञहरुका अनुसार गर्मीमा मानव शरीरबाट अत्यधिक पसिना निस्कने कारण इलेक्ट्रोलाइट असन्तुलित बन्दछ । त्यसकारण नियमित खानाको अलावा फलफूल तथा सागसब्जी र प्रसस्त सलाद लिनु जरुरी हुन्छ । गर्मी याममा सरीरमा पानीको पर्याप्त आपूर्तिका लागि प्रसस्त पानीको मात्रा हुने सागसब्जी तथा तरकारीहरु जस्तै फर्सी, करेला, लौका, पालुंगो, हरियो सिमीको भोजन गर्नुपर्छ ।

कामकाजी मानिसहरुका लागि रोगप्रतिरोधी क्षमता उच्च राख्नु अत्यन्त जरुरी हुन्छ । सोही कारण गर्मी याममा खाजाको रुपमा पनि दुध, फलफुल, जुस, टुसा उमारेको गेडागुडी लगायतका परिकार समावेश हुनु आवश्यक हुन्छ । त्यसका साथै बिहानको खानामा दालभात समावेश गर्नु राम्रो हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]